
बेलडाँडीमा ५१ हजार बढि धनराशीको खुल्ला फुटबल प्रतियाेगिता शुरू
रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी-२ मा रहेकाे कालिका मन्दिर समितिकाे आयाेजनामा खुल्ला फुटवल प्रतियाेगिता शुरू भएकाे छ ।
साेमबार औपचारिक कार्यक्रमकाे आयाेजना गरि राैलेश्वर माविकाे खेल मैदानमा प्रतियाेगिताकाे उद्घघाटन भएकाे आयाेजक कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालले बताउनु भयाे ।
प्रतियाेगिताकाे उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउपालिका अध्यक्ष हरिश्चन्द्र रानाले गर्नुभएकाे आयाेजक मन्दिर समितिका अध्यक्ष बडुवालले बताए ।
उहाँका अनुसार “दशै तथा तिहारकाे अवसर पारी प्रतियाेगिताकाे आयाेजना गरिएकाे बताए ।”
उनले भने हामिले यश पटक पहिलाे चाेटि यसरी फुटबल प्रतियाेगिताकाे आयोजना गरेकाे भन्दै खेललाई सफलता पुर्वक सञ्चालन गर्न र खेलकाे अवलाेकन गर्न सबैमा अनुराेध समेत गर्नु भयाे ।
यहि असाेज १८ गते सम्म सञ्चालन हुने खेलमा जम्मा १९ टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगितामा विजेता टिमलाई ५१ हजार एक सय रूपयाँ, ट्रफि, मेडल र प्रमाण पत्र र उप-विजेता हुने टिमलाई २५ हजार १ सय रूपयाँ, ट्रफि मेडल र प्रमाण पत्र दिईने आयोजकले जनाएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष रानाले बेलडाँडीमा खेलकुद क्षेत्रकाे प्रबर्द्वन गर्न सहयाेग गरिने बताए ।
यस्तै उपाध्यक्ष नाथले खेलकूदलाई अझ बलियाे बनाउन र दक्ष खेलाडि उत्पादन गर्नमा गाउपालिकाबाट गर्न सकिने सबै सहयाेग गर्न आफू प्रतिबद्व रहेकाे बताउनु भयाे ।
बेलडाँडी-१ का अध्यक्ष गज बहादुर विष्टले यहाँ खेल मैदानकाे मुख्य समस्या रहेकाे भन्दै सर्व प्रथम राम्रो खेल मैदान बनाउन आवश्यक रहेकाे बताए । त्यसकम लागि उचित स्थान हेरी खेल मैदान बनाउन लाग्ने बताए ।
साे कार्यक्रम सञ्चालनमा बेलडाँडी वडा नम्बर-२ ले ४० हजार बराबरकाे खेलकुदका सामाग्री सहयाेग गरिएकाे वडा अध्यक्ष नारद सिह उर्यालले बताउनु भयाे ।
न्यु खप्तड युवा क्लब र एकता युवा क्लव विच खेल भई शुरूवात भएकाे छ ।
कार्यक्रममा बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथ, वडा न.-१ का अध्यक्ष गज बहादुर विष्ट, वडा-२ का अध्यक्ष नारद सिह उर्याल लगातकाे उपस्थिति रहेकाे थियाे ।