Above Article Ad
  • विवाहपछि प्रेमिकालाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ

    Above Article Content Ad
  • धनगढी -विवाह गर्ने वाचा गर्दै केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले बलात्कारको आरोपमा जाहेरी दिएपछि कैलालीमा एक सवारी चालक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२, बागमारा बस्ने २९ वर्षीय आशाराम चौधरी रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार चौधरी टीकापुरकै २६ वर्षीया युवतीसँग केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूबीच विवाह गर्ने सहमतिसहित शारीरिक सम्बन्धसमेत रहेको युवतीको दाबी छ। तर, चौधरीले युवतीलाई जानकारी नदिई केही समयअघि अर्कै युवतीसँग विवाह गरेका थिए।

    Article inline ad #1
  • विवाहपछि पनि चौधरी र ती युवतीबीचको सम्पर्क तथा सम्बन्ध भने जारी रहेको बताइएको छ। यही क्रममा चौधरीले गत २८ साउनमा आफूलाई अत्तरियास्थित मोहित मनिष निगाली बोगटान होटल एण्ड लजको कोठामा लगेर जबरजस्तीकरणी गरेको भन्दै युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

    Article inline ad #2

    युवतीले भदौ १६ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएकी हुन्।

    जाहेरीमा उनले चौधरीले विगतदेखि नै आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर प्रेम सम्बन्धमा राखेको, प्रेम सम्बन्धकै क्रममा आफूलाई जानकारी नदिई अर्कै युवतीसँग विवाह गरेको र विवाहपछि पनि आफूसँग सम्बन्ध कायम राखेको दाबी गरेकी छन्।

    जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीले चौधरीलाई आइतबार दिउँसो चिसापानीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार नेपालगञ्जबाट गाडी चलाएर धनगढीतर्फ आउँदै गरेका उनलाई चिसापानीमा नियन्त्रणमा लिइएको थियो।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले युवतीको किटानी जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।

    उनका अनुसार चौधरीलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6