Above Article Ad
  • जनजागरण सामुदायिक बनको २३ औं साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-८ मा अवस्थित जनजागरण सामुदायिक बनको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    मंगलबार एक औपचारिक कार्यक्रमका बीच सामुदायिक बनकै सभाहलमा २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • सामुदायिक बनका अध्यक्ष कृष्णबहादुर तामाङको सभाध्यक्षता तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको बिशिष्ट अतिथीमा नगर उपप्रमुख भुलिया राना, सब-डिभिजन बन कार्यालयका सहायक बन अधिकृत दिनेश कुमार यादव, निवर्तमान मेयर जिवनराज थापा आसिन रहनुभएको थियो । त्यस्तै अतिथीमा विभिन्न व्यक्तित्वहरु हुनुहुन्थ्यो ।

    Article inline ad #2

    पर्यटन क्षेत्रको रुपमा स्थापित गर्न भ्यु पार्क, स्विमिङ पुल लगायतका संरचना निर्माणाधीन अवस्थामा रहेको उक्त बन क्षेत्र पुनर्वास नगरपालिका-७,८ र ९ मा फैलिएको छ ।

    बनका सदस्य परि रावलको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन सचीव अमरजन साउदले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button