Above Article Ad
  • पुनर्वासमा ब्यवसायिक दुना टपरी बनाउने तालिम सम्पन्न, मेसीन, सामाग्रीहरु हस्तान्तरण

    Above Article Content Ad
  • आर्थिक समृद्धिका आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ पुनर्वासमा ब्यवसायिक दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत पुनर्वासको उद्यम बिकास शाखाको आयोजनामा दुना टपरी बनाउने तालिम गरिएको हो । पुनर्वास ४ को आमा समुहलाई सो तालीम दिनुका साथै दुना टपरी बनाउने मेसीन, सामाग्रीहरु हस्तान्तरण गरीएको उधम बिकास शाखा पुनर्वासको प्रमुख बिमला चौधरीले बताउनुभयो । तालिम फाल्गुन १५ गते देखि संचालन भएको थियो । पछिल्लो समय पलास्टिक जन्य बस्तुहरुको माग बढ्दै गएको र पालिकाले पलास्टिक जन्य बस्तुहरुको रोक गर्ने निर्णय गरेकाले यो तालिम अझै उपयोगी हुने उहाले बताउनुभयो ।
    तालीमको समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले दुना टपरी बनाउन गाउँघरमै रुखको पातहरु सजिलै पाइने भएकाले कुनै समस्या नहुने बताउनुभयो । आमा समुहले आफुहरुको फुसंदको निकालेर काम गर्न पनी मिल्ने र पात खोज्न टाढा जान नपर्ने भएकाले दुना टपरी उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सक्ने बताउनुभयो । तालीममा आमा समुहले देखाएको जागरुक्ता प्रती निकै खुशी लागेको उपप्रमुख रानाले ब्यक्त गर्नुभयो ।
    यस्तै कार्यक्रमा सहभागीहरुले तालीम अबधीमा बनाएको टपरीहरु शिबरात्रिको समयमा मन्दिरमा प्रयोग गरीएको बताउनुभयो । दुना टपरी बनाउने तालीममा सहभागी मिठुदेबि पाण्डेयले तालीमबाट आफुहरु सिपयुक्त बन्न सकेको बताउनुभयो । आफुहरुले सामुहीक रुपमा तालीम लिएकाले कामको बाडफाँडमा पनी कुनै समस्या नहुने बताउनुभयो । अबको ६ महिना भित्र पुनर्वासमा हुने बिभिन्न कार्यहरु, चाडपर्बमा पलास्टीकका थाल, बोटुकाको अन्त्य गर्दै सालको पातका दुना टपरी घरघरमा पुराउने लक्ष्यका साथ आफुहरुले काम गर्ने बताउनुभयो ।
    यस्तै कार्यक्रमा बोल्दै पुनर्वास ४ का वार्ड अध्यक्ष मनोज जैशीले आमा समुहले राम्रो संग उद्योग सञ्चालन गरे आगामी आर्थीक बर्षमा मेसीन थप संगै आवश्यक सामाग्रीका लागी बजेट विनियोजन गर्ने बताउनुभयोे । पलास्टीकका थाल, बोटुका, चम्चा लगायतका साग्रीहरु बाताबरणमा असर पुराउने र सालको पात बाट बनेको दु्नाटपरी कुहीएर मल बन्ने हुदा बाताबरणमा कुनै असर नगर्ने उहाँले बताउनुभयो । बजारमा फाटफुट रुपमा दुना टपरी दिखीएको भएपनी महङ्गो भएकाले आमा समुहले सहुलीयत रुपमा बिक्रि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दुना टपरी बनाउने तालिमको प्रशिक्षक भावना पुलामी मगर रहनु भएको थियो । यस्तै तालिममा ११ जना सहभागी रहनु भएको थियो । कार्यक्रममा उधम बिकास समितीको सदस्य सम्झना लोप्चन, विश्वखोज दैनिकका सहसम्पादक केशब भट्टराई, र स्थानीयको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button