Above Article Ad
  • चोरीको स्कुटर प्रयोग गरेर राइड सेयरिङ, एकजना पक्राउ

    Above Article Content Ad
  •  काठमाडौँ – चोरीको स्कुटर प्रयोग गरेर राइड सेयरिङ गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    Article inline ad #1
  • पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भएका ३९ वर्षीय सरोज खनाल छन् ।

    Article inline ad #2

    आरोपीलाई नम्बर परिवर्तन गरिएको स्कुटर सहित पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । नक्सालबाट भक्तपुर जाने क्रममा यात्रुले ल्यापटप ब्याग स्कुटरमै बिर्सेपछि चालकलाई सम्पर्क गर्न खोजेका थिए ।

    तर, चालक सम्पर्क विहीन भएपछि यात्रुले खोजतलासका लागी ट्राफिक प्रहरीलाई सम्पर्क गरेको र खोजतलास गर्दा आरोपीलाई पक्राउ गरिएको एसपी सुवेदीले बताए । चोरीको स्कुटर र अन्य व्यक्तिको सेयरिङ एप प्रयोग गरेर काम गर्दै आएका खनाल नयाँ बसपार्क स्थित होटलमा बस्ने गरेका थिए ।

    आरोपीले राइड सेयरिङमा प्रयोग गरेको स्कुटर २०८३ असार २३ मा काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुबाट चोरी भएको खुलेको छ । केही दिनअघि ट्राफिक प्रहरीले बरामद गरेको अर्को स्कुटरमा निज सरोज खनालको नागरिकता पनि भेटिएको एसपी सुवेदीले बताए ।

    आरोपीबारे थप अनुसन्धान र कारबाहीका लागी ट्राफिक प्रहरीले प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6