
सिमरीका बाढी पिडितलाई राहत बोकेर पुग्यो एसपिएल एकेडेमी
पुनर्वास-शनिबार बिहान एक्कासी आएको बाढीले सिमरी गाउँबासीलाई डुबानमा बनाएको छ ।
डुबानपछि घर बिहिन भएका सिमरीबासीलाई खानपानको व्यवस्थापनका लागि पुनर्वास नगरपालिका-३ स्थित एसपिएल एकेडेमी खाद्यान्न बोकेर सिमरी गाउँ पुगेको हो ।
एसपिएलका संस्थापक धनराज भट्टले यस्तो विपदका बेला आफ्नो सानो सहयोग पिडितका लागि निकै अपरिहार्य हुने बताए । “आफुले प्रचार गर्न सहयोग नगरेको, बाढीका कारण समस्यामा देख्दा सहयोग गरेको हु ।” संस्थापक भट्टले भने, “यस्ता विपदमा सक्ने सहयोग अझै गर्न तयार छु, बस्ने व्यवस्थापन नभए आफ्नो विद्यालय केहिदिन बिदा गरेर पनि बन्दोबस्त मिलाउछु ।”
बाढी पिडितकै अनुगमनमा रहेका नगर प्रमुख तोयप्रसाद शर्मालाई संस्थापक भट्टले नदि कटान र डुबानको समस्या रोक्न यथाशिघ्र पहल सुरु गर्न अनुरोध गरे ।
अघिल्ला कार्यकालमा सडक निर्माण र स्त्तरोन्नतीका काम भए, तपाईको कार्यकालमा पहिलो काम तटबन्धको हुनेछ, डुबान समस्या हट्नेछ भन्ने कुरामा सबै स्थानीय आशाबादी रहेको उनले बताए ।
।स्थानिय सरकार, सुरक्षा निकाय, रेडक्रस पुनर्वास उपशाखा र स्थानीयको सहयोगमा सिमरी गाउँका बासीलाई सुरक्षित स्थान तर्फ उद्दार गरिएको थियो ।
सिमरी गाउँका करिब १ सय २५ घरपरिवारको बासस्थान र खानपानको व्यवस्थापन मिलाउन नगरपालिका र रेडक्रस सोसाईटीले बन्दोबस्त मिलाई रहेको विपद व्यवस्थापन समितिका संयोजक तिर्थराज रानाले जानकारी दिए ।