पुनर्वासमा भुसिया कुकुरको आतंक, गोठ भित्र बाधेका २ दर्जन बढि बाख्रा खायो
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–५, ग–गाउँमा भुसिया कुकुरले आतंक मच्चाएको छ । केहि दिनदेखि भुसिया कुकुरहरुले ग–गाउँ सिमरी लाईनका करिब २ दर्जन बढि बाख्रा गोठ भित्रै पसेर खाएको स्थानिय खगेन्द्र थापाले जानकारी दिए ।
उनले आफ्नो र दाईको गोठका दुई बाख्रा केहि दिन अघि राती भुसिया कुकुरले मारेर आधा शरिर खाएको दुखेसो पोखे ।
त्यस्तै बिहिबार पनि लोकबहादुर मल्लको गोठभित्र बाधेका एक बोका र दुई बाख्रा राती कुकुरले आधा शरिर खाएर मारेको अवस्थामा फेला परेका छन् ।
राती–राती गोठ भित्रका बाख्राहरु मारेर खाने गरेपनि दिउँसो भने कुकुरहरु देखा नपर्ने गरेको र तीन ओटा कुकुरको समुह कहिले काही खेतबारी तिर देखिने स्थानियहरुको भनाई छ ।
भुसिया कुकुरले दैनिकै गोठभित्रका बाख्रा र बाच्छाहरुमा आक्रमण गर्न थालेपछि अहिले गाउँमा एक किसिमको त्रास छ ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
1
+1
Below Article Content Ad