Above Article Ad
  • जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त नगरपालिहरूका भवनको अवलोकनमा मुख्यमन्त्री शाह

    Above Article Content Ad
  •  

    मुख्यमन्त्री शाहले आइतवार गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गरेका हुन्।

    Article inline ad #1
  • मुख्यमन्त्री शाहले आन्दोलनका क्षतिग्रस्त भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएका छन्। उनलाई घोडाघोडी नगरपालिका नगर प्रमुख खडक रावतले आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण घोडाघोडी नगरपालिका र सम्पूर्ण वडाले ठूलो आर्थिक क्षति बेहोर्नु परेकाबारे जानकारी गराए।

    Article inline ad #2

    नगरप्रमुख रावतका अनुसार घोडाघोडी नगरपालिकामा जिन्सीतर्फ तीन करोड ५० लाख ९७ हजार ७०० क्षति भएको छ भने पूर्वाधारतर्फ ७० लाख क्षति भएको छ। यसैगरी, १२ वटै वडामा जिन्सीतर्फ दुई करोड २९ लाख २८ हजार र पूर्वाधारतर्फ दुई करोड क्षति भएको छ। पालिकाभरि आठ करोड ५० लाख २५ हजार क्षति भएको नगरप्रमुख रावतले जानकारी दिए। “प्राविधिकका अनुसार नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष पुनर्निर्माण नगरेसम्म सेवा दिन सकिने अवस्था छ। यस्तै, वडा नं ४, ६, र १२ पनि पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। हाललाई नगरपालिकाबाट दैनिक सामान्य सेवा दिइरहेका छौँ। दसैँ र तिहारको बीचमा सबै कार्यालय पुनर्निर्माण गरी तिहारपछि राम्रोसँग सेवा सञ्चालन गर्नेछौँ”, उनले भने।

    घोडाघोडी नगरपालिकासँगै गोदावरी र गौरीगङ्गा नगरपालिकाको पनि क्षतिको विवरण लिइएको छ। गोदावरी नगरपालिकामा रु नौ करोड र गौरीगङ्गामा सात करोड १२ लाख बढीको क्षति भएको छ। कैलालीमा सबैभन्दा बढी घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिकामा क्षति पुगेको जनाइएको छ।

    अवलोकनका क्रममा मुख्यमन्त्री शाहले पुनर्निमार्णका लागि सबै एकजुट हुनुपर्ने बताए। प्रदेश सरकार खर्च कटौतीमा लागेको बताउँदै उनले सबै पालिकाले पनि खर्च कटौती गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री शाहले प्रदेश सरकारले नागरिकको सुरक्षा, शान्ति–व्यवस्था र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै प्रभावित नगरपालिकामा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6