Above Article Ad
  • सुदुरपश्चिममै ट्राफिक व्यवस्थापनमा उत्कृष्ट देखिए कैलालीका प्रहरी निरीक्षक वकिल सिंह

    Above Article Content Ad
  • कैलाली । सुदुरपश्चिममै कार्य सम्पादन मूल्यांकनका आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकील बहादुर सिंहसहित तीनजना पुरस्कृत भएका छन् । प्रहरी निरिक्षक सिंह, नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रहरी नायब निरीक्षक प्रकाश धामी जेठ महिनामा प्रदेशकै सर्वोत्कृष्ट ट्राफिक हुँदै पुरस्कृत भएका हुन् ।

    प्रहरी नायब निरीक्षक भाट अस्थाई ट्राफिक पोष्ट त्रिनगरमा र धामी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले एक कार्यक्रमकाबीच उनीहरु तीनै जनालाई सम्मानसहित पुरस्कृत गरेका हुन् ।

    Article inline ad #1
  • विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, वफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल भई सवारी दुर्घटना न्यूनिकरणका लागी प्रभावकारी ट्राफिक व्यवस्थापन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सिंहलाई पुरस्कृत गरिएको हो ।
    उनले ट्राफिक जनचेतनामुलक कार्यक्रम, सडक सुरक्षा, कार्यालय व्यवस्थापन समेतमा अग्रसर रही सरोकारवाला निकायहरु (स्थानिय निकाय, व्यवसायी, चालक, यात्रुवर्ग तथा अन्य) संग आवश्यक समन्वय तथा सहकार्य गर्ने कार्यमा उल्लेखनिय योगदान पुर्‍याएका छन् ।

    Article inline ad #2

    यस्तै सडक सुरक्षा एवं सुरक्षित यात्रामा यात्रुवर्गहरुलाई जनचेतनामुलक सन्देश प्रवाहमा उनको महत्वपुर्ण योगदान छ । साथै कैलाली जिल्ला धनगढी उप(महानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित सडकमा अव्यवस्थित रुपमा पार्किङ्ग गर्दै आएका नेपाल आयल निगमका ट्याङ्करहरुलाई हटाउन लगाई पार्किङ्गको लागि व्यवस्थापन उनले गरेका थिए ।

    यसैगरी रिफ्रेस सेन्टरको संचालन, चोरी पैठारी भई संचालनमा रहेका मोटरसाईकल र कार नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय उनले पठाएका छन् ।

    यस्तै लेन अनुशासनको पालना, ट्राफिक आइलेण्ड स्थापना, ह्वील लकको प्रयोग लगायत अटो रिक्साहरुमा दाहिने तर्फ फलामको डण्डी राख्न लगाउन, स्वरुप परिवर्तन, नम्वर प्लेट नराखेका सवारी साधनहरुलाई कारवाही तथा अटो ई-रिक्साहरुमा निर्माणका सामाग्री बोक्ने जस्ता कार्यलाई निरुत्साहित लगायतका कार्यमा प्रहरी निरीक्षक सिंह अब्बल देखिएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button