Above Article Ad
  • पुनर्वासको पपुलर स्कुलको अन्तरसदनात्मक खेल सप्ताह सम्पन्न, विजयी खेलाडीहरू सम्मानित

    Above Article Content Ad
  • पुनर्बास –कंचनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिका–११ मा अवस्थित पपुलर स्कुलले आयोजना गरेको अन्तरसदनात्मक खेल सप्ताह २०८१ भव्य रूपमा सम्पन्न भएको छ ।

    माघ १० गते देखि संचालन भएको खेल माघ १८ गते सम्म्पन भै उक्त खेलको प्रमाणपत्र आज (बुधबार) गते बितरण गरिएको हो ।
    विभिन्न खेलकुद गतिविधिहरूमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको यस प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    Article inline ad #1
  • प्रतियोगिता अन्तर्गत फुटबल, ब्याट्मिन्टन ,पेनाल्टी सुट आउट , लङ जम्प , हाइ जम्प , भलिबल, दौड, कबड्डी, लगायतका खेलहरू समावेश गरिएका थिए । विभिन्न सदनका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए भने कुल अंकको आधारमा पपुलरले प्रथम स्थान हासिल गरेको थियो ।

    Article inline ad #2

    विद्यालयका प्रधानाध्यापक दिर्घराज ओझाले प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय रहन प्रेरित गर्नुभयो । उहाँले खेलकुदले अनुशासन, सहकार्य, तथा आत्मविश्वास बढाउने भएकाले विद्यार्थी जीवनमा यसको ठूलो महत्त्व रहेको बताउनुभयो ।
    “हार्नु ठूलो कुरा होइन, तर हारबाट सिक्नु महत्त्वपूर्ण हो ।“ असफलता पनि सिकाइको एक भाग हो बिद्यालयका लेखापाल तथा शिक्षक प्रतिनिधि बिपना जोशीले बताउनुभयो ।

    समारोहमा शिक्षक, तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । खेल सप्ताह संयोजक राज पेलाले सफल कार्यक्रमको व्यवस्थापनका लागि सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by