Above Article Ad
  • पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा बस्दै आएका तिन जना युवा ब्यवसायीहरुले ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई एक सेट टेलीभिजन हस्तानान्तरण गरेका छन् ।

    झण्डै ४० हजार मुल्य बाराबरको टेलीभिजन सेट हस्तानान्तरण गरीएको रबिन्द तामाङ “मिसन”ले जानकारी दिनुभयो । युवा ब्यवसायी दाउत तामाङ, खगेन्द्र ओझा र रबिन्द तामाङ “मिसन” सहितको टिम मिलेर टेलीभिजन सेट प्रदान गर्नु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका इन्चार्ज प्रहरी निरिक्षक महेस बिक्रम शाहीले जानकारी दिनुभयो ।

    Article inline ad #1
  •  सो टेलीभिजन थुनुवा कक्षमा लगाउने प्रहरी निरिक्षक शाही बताउनुहुन्छ । बिभिन्न अपराधिक क्रियाकलापमा संग्लन भएर आएका थुनुवाहरुलाई कानुनी साहायता सम्बन्धि जानकारीहरु, कानुनी बिषयबस्तुको चेतना अभिबृद्धी गराउने उद्देश्यका साथ टेलीभिजन लगाउन लागीएको उहाँले बताउनुभयो ।

    Article inline ad #2

    प्रहरी निरिक्षक शाहीले टेलिभिजन सेट प्रदान गर्नुहुने युवा ब्यवसायी दाउत तामाङ, खगेन्द्र ओझा र रबिन्द तामाङ “मिसन” सहितको टिमलाई धन्यबाद ब्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनी सहयोग र सहकार्य गर्न युवा ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by