“हाजिरी जवाफ” गर्दै अनेरास्ववियु पुनर्वासले मनायो बालदिवस
पुनर्वास-५८ औं बाल दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु ) पुनर्वासले हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।
बुधबार अनेरास्ववियुकी केन्द्रिय सचिव मर्यादा बिष्टको प्रमुख आतिथ्यमा पुनर्वास नगरपालिका-६, स्थित प्रतिभानगर बजारको खुल्ला मञ्चमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
अनेरास्ववियु पुनर्वासका अध्यक्ष नन्दराज जोशीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको अतिथीमा केन्द्रिय सदस्य हेमन्त रेग्मी, पुर्व जिल्ला सदस्य बिश्वनाथ बिष्ट, प्रदेश सदस्य सोमराज बराल र पुनर्वास नगर सचीव काशीराम बोहरा आसिन थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति अध्यक्ष जोशीले किताबी ज्ञानले मात्रै विद्यार्थीको स्तर माथी नउठ्ने बताए । विद्यार्थीहरुलाई बाहिरी अतिरिक्त क्रियाकलाप अन्तर्गत सामाजिक, राजनीतिक, धार्मिक र भुगोलका विषयको बौद्धिक ज्ञान निकै आवश्यक रहेको जोशीको भनाई छ ।
उनले भने, “अनेरास्ववियुले भाषण मात्रै हैन, यसले विद्यार्थीहरुका हकहित र विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिका विषयमा काम गर्छ ।”
प्रतियोगितामा पुनर्वास नगरपालिका अन्तर्गत माध्यमिक तहका निजि तथा सामुदायिक १४ विद्यालयका ४२ जना विद्यार्थीहरुको सहभागिता रहेकोे थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार प्रमाणपत्र सहित नगद ५ हजार जिवनज्योति माध्यमिक बिधालयको टिमले प्राप्त गरेको छ । त्यस्तै द्वितीय पुरस्कार प्रमाणपत्र सहित ३ हजार बागिश्वरी माध्यमिक बिधालयको टिम र तृतीय पुरस्कार प्रमाणपत्र सहित नगद २ हजारले पुनर्वास जनता माध्यमिक विद्यालयको टिम पुरस्कृत भयो ।
विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको प्रतियोगितामा अनेरास्ववियुका प्रदेश कमिटी सदस्य मानबहादुर रोकायाले कार्यक्रमलाई व्यवस्थापन गरेका थिए ।
प्रदेश सदस्य दिलबहादुर सुनारको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन युवा नेता भुपेन्द्र अधिकारीले गरेका हुन् ।
हरेक वर्ष देशभरका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु ) ले विभिन्न कार्यक्रम गर्दै यस दिवसलाई भव्यताका साथ मनाउदै आएको छ ।