Above Article Ad
  • नगरपालिकाद्वारा पुनर्वासको आई.बी.आर.डी.मा ४५ पसल अनुगमन

    म्याद नाघेका सामान नियन्त्रणमा लिई नष्ट

    Above Article Content Ad
  • पुनर्वास – चार्डपर्वलाई लक्षित गर्दै कंचनपुरको पुनर्वास नगरपालिकाद्वारा बजार अनुगमन गरिएको छ ।

    शनिबार पुनर्वास नगरपालिकाको हकहित संरक्षण निर्देशिका २०७५ अनुसार नगर उपप्रमुख भुलिया रानाको नेतृत्वमा पुनर्वास नगरपालिका-३, स्थित आई.बी.आर.डी. बजार क्षेत्रका खाद्यान्न, मार्ट,किराना,फैन्सी, मेडिकल,माछामासु, होटल लगायतका पसलहरुमा अनुगमन गरिएको हो ।

    Article inline ad #1
  • आई.बी.आर.डी. बजार स्थित स्मृति किराना तथा मदिरा पसल, जनसेवा ट्रेडर्स, केसी जनरल स्टोर , नवीन किराना पसल , रिदिशा किराना पसल , पोख्रेल किराना पसल लगायतका अधिकाँश पसलहरुबाट म्याद नाघेका अखाद्य बस्तु पेयपदार्थ, मह, गुट्खा, कोलगेट,चाउचाउ,बिस्कुट,नमकिन,मदिरा, मसला जस्ता सामानहरु नियन्त्रणमा लिई नष्ट गरिएको अनुगमन समितिकी संयोजक तथा उपमेयर भुलिया रानाले जानकारी दिनुभयो ।

    Article inline ad #2

    उहाँले मालसामानको दररेट,दर्ता नभएका व्यवसायीहरुलाई दर्ता गर्न आग्रहसंगै म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ जस्ता दैनिक उपभोग्य बस्तुहरूको बिक्री वितरणले मानव स्वास्थ्यसंग प्रत्यक्ष असर गर्ने भएकाले यसबाट सचेत हुन अनुरोध गर्नुभएको थियो ।

    हाटबजार क्षेत्रका मासु पसल र खुद्रा होटल व्यवसायीहरुलाई पनि स्वच्छता र व्यवस्थित साथ सञ्चालन गर्न उपमेयर रानाले निर्देशन दिनुभएको थियो ।

    अनुगमनका क्रममा नगरपालिका उप प्रमुख भुलिया कुमारी राना , प्रशासकिय अधिकृत शंकर बोगटी , सुब्बा गणेश राज जोशी , सह-लेखापाल रामकृष्ण बिक , ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तिका प्रमुख डम्बर सिंह खड्का , ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक नरेशराज मल्ल , पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङ , कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष अरूण थापा , कृषि सेवा केन्द्रका प्रमुख कर्ण बहादुर शाही , पशु सेवा केन्द्रका प्रमुख अनिता केसी , स्वास्थ्यकर्मी सिता भाट , महिला बालबालिका शाखा प्रमुख रिता मल्ल सहित पत्रकारहरुको सहभागिता रहेको थियो ।

    त्यसैगरी नियन्त्रण गरिएका म्याद नाघेका सामाग्रीहरु नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी , प्रहरी प्रशासन , बजार समिति तथा पत्रकारको रोहवरमा नष्ट गरिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button