Above Article Ad
  • बेलडाँडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामकृष्ण विश्वकर्मा

    Above Article Content Ad
  • बेलडाँडी- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर सेवा निवृत्त भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् ।

    ऐर बिहीबार सेवा निवृत्त पछि स-सम्मान बाजागाजा सहित बिदाई भएपछि गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा रामकृष्ण विश्वकर्माले जिम्मेवारी सम्हालेका हुन् ।

    Article inline ad #1
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार बाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत विश्वकर्मालाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा अन्य जनप्रतिनिधि, कर्मचारीहरूले कार्यकालको शुभकामनासँगै स्वागत गरेका थिए।

    Article inline ad #2

    बेलडाँडी गाउँपालिकाको कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले आफ्नो भनाई राख्दै भन्नु भयो,- “गाउँपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय जनताको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्ने मूल जिम्मेवारी बोकेको छ। यस यात्रामा प्रशासन, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य हुन्छ। त्यसैले म यो पदमा बसेर गाउँपालिकाका सम्पूर्ण नीतिगत निर्णय र जनप्रतिनिधिहरूको प्राथमिकतालाई कार्यान्वयन गर्दै, पारदर्शी, जवाफदेही र परिणाममुखी प्रशासनिक सेवा प्रवाह गर्न कटिबद्ध रहनेछु। जनप्रतिनिधि र कर्मचारी बीचको सहकार्य नै विकास र सुशासनको आधार हो। हामी सबै मिलेर सहकार्य गर्ने हो भने यस पलिकालाई अझै समृद्ध, सुशासित र आदर्श पालिका बनाउन सकिन्छ।

    मैले यो जिम्मेवारीलाई अवसर मात्र नभई ठूलो दायित्वका रूपमा लिएको छु। हजुरहरूको साथ, विश्वास र सुझावले मात्र यस जिम्मेवारीलाई सफल बनाउन सकिन्छ भन्ने विश्वास म राख्छु।आगामी दिनहरुमा हजुर हरुको निरन्तर सल्लाह,सुझाव, मार्गदर्शन र सहकार्यको अपेक्षा गर्दछु”।

    प्रमुख प्रशासकीय अधिकृत विश्वकर्मा लामो समय शिक्षण पेशा, स्थानीय तहको लेखा सहायक हुँदै हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार अन्तर्गत प्रशासन समुहका अधिकृत हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6