Above Article Ad
  • कंचनपुर क्षेत्र १ मा गठबन्धन नगर्न नेबिसंघ नेता खड्काको चेतावनी

    Above Article Content Ad
  • पुनर्वास- मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कंचनपुर क्षेत्र नम्बर १ मा सत्तारुढ दल नेपाली काङ्ग्रेसलाई नेविसंघका नेता यज्ञ खड्काले गठबन्धन नगर्न चेतावनी दिएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको अबस्था दरिलो भएकोले गठबन्धन आबश्यक नभएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेविसंघका नेता खड्काले गठबन्धन स्विकार्य नहुने चेतावनी दिएका हुन ।

    Article inline ad #1
  • सामाजिक सञ्जाल फेसबुकमा नेविसंघका नेता खड्काले “गठबन्धन कदापि स्विकार्य छैन, जबर्जस्ती गठबन्धन गर्न खोजे क्षेत्र नम्बर १ मा बिद्रोह गरिन्छ ।” भनेर लेखेका छन् ।

    Article inline ad #2

    स्थानीय तह निर्वाचनको नतिजा हेर्दा सो निर्वाचन क्षेत्रका ४ पालिका मध्ये दुई पालिका नेपाली काङ्ग्रेसले अत्याधिक मतका साथ बिजयी प्राप्त गरेका थिए । भने बाकी दुई पालिकामा माओवादी केन्द्र र नेकपा एमालेले कब्जा जमाएका छन् । उक्त नतिजा अनुसार पनि आसन्न निर्वाचनमा विजयी हासिल गर्न नेपाली काङ्ग्रेसले कुनै राजनीतिक दलहरुसंग गठबन्धन गर्न आवश्यक नरहेको उनको भनाई छ ।

    नेता खड्का मात्रै हैन यति बेला काङ्ग्रेसका अन्य कार्यकर्ताहरुले पनि गठबन्धनका विरुद्धमा कंचनपुर क्षेत्र नम्बर १ मा चर्को विरोध र आलोचना गरेको देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button