Above Article Ad
  • भैरब बिद्या निकेतनको वार्षिक परीक्षाफल प्रकाशन तथा अभिभावक दिवस सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-२, दशरथबस्तीमा अवस्थित भैरब बिद्या निकेतनको वार्षिक परीक्षाफल प्रकाशन तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    मंगलबार एक भव्य समारोहका बीच अभिभावक र विद्यार्थीहरुका माझ विद्यालयले बार्षिक परिक्षाफल प्रकाशन गरेको हो ।

    Article inline ad #1
  • विद्यालयका प्रीन्सिपल लालबहादुर खड्काको सभाध्यक्षता तथा जनता बहुमुखी क्याम्पसका अध्यक्ष पदम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिका-५ का वडासचिव रामराज जोशी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर पुजारा,शिक्षक अभिभावक संघका अध्यक्ष लालबहादुर बोहरा रहनुभएको थियो । त्यस्तै विभिन्न व्यक्तित्वहरुको आतिथ्यता थियो ।

    Article inline ad #2

    कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी क्याम्पसका अध्यक्ष पदम थापाले छोटो समयमा विद्यालयले गरेको प्रगति देख्दा आफू निकै खुशी भएको बताउनुभयो ।

    “आफुले उत्पादन गरेको विद्यार्थीको प्रगती देख्दा निकै गर्व लागेको छ ।” उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षामा नगरपालिकाकै एक नमुना संस्थागत विद्यालयको रुपमा स्थापित बनोस शुभकामना छ ।”

    केहि संस्थागत विद्यालयहरुका कारण सबै विद्यालयहरुलाई हेर्ने नजर गलत छ । त्यसकारण मुनाफा भन्दा गुणस्तरीय शिक्षा प्रवाहमा जोड दिन उहाँले अनुरोध गर्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रमका सभाध्यक्ष प्रीन्सिपल लालबहादुर खड्काले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना गरेको बताउनुभयो ।

    अभिभावकहरुको बाक्लो सहभागितामा विद्यार्थीहरुको गायन, नृत्य सहितको साँस्कृतिक कार्यक्रम रहेको थियो ।
    शिक्षक हेमराज जोशीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन शिक्षक कनैया रानाले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button