Above Article Ad
  • सस्तोको लोभमा स्थानीय उपभोक्ताहरूले आफ्नो स्वास्थ्य माथि नराम्रो खेलवाड गर्दैआईरहेका छन :- उप प्रमुख राना

    Above Article Content Ad
  • पुनर्वास -सिमावर्ति भारतीय बजारमा सस्तोमा सामान पाईने लोभमा परि नेपाली हरूले आफ्नो स्वास्थ्य माथि नराम्ररि खेलवाड गर्दै आईरहेका छन ।
    बिहीबार पुनर्वास उधोग बाणिज्य संघको सभाहलमा आयोजित उधोगि व्यापारी हरू बिच भएको अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख रानाले सो कुरा बताउनुभएको हो ।

    पुनर्वास उद्योग वाणिज्य संघ कञ्चनपुर को समन्वय तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलाली को आयोजनामा भएको कार्यक्रमका अवसरमा प्रमुख अतिथिको आसनबाट नगर उप प्रमुख रानाले आफ्नो भनाइमा जोड दिनुभएको हो ।

    Article inline ad #1
  • सिमावर्ति भारतीय बजारहरूमा कारोबार गरिने खाद्यान्न मालसामान हरू सस्तो दररेट मा त पाईन्छ तर स्वास्थ्य का लागि अत्यन्तै हानिकारक छ भनेर स्थानीय लाई पटकपटक सजग गराउँदा समेत बेवास्ता गर्नेगरेको रानाले गुनासो व्यक्त गर्नुभयो ।

    Article inline ad #2

     

    भारतीय बजारहरूमा नेपाल को भन्दा सस्तोमा सामान पाईन्छ भन्ने बिषय मान्छेहरूको दिमागमै बसेको छ तर त्यसतो अखाद्य सामान उपभोग गर्नाले विस्तारै आफ्ना परिवार को स्वास्थ्य जोखिममा पर्दै आएको कुरा हेक्का नराख्ने गरेको रानाले बताउनुभयो ।

    भारतबाट भित्रिने डिउ , अण्डा , माछा बोईलर जस्तो अखाद्य मालसामान ले हाम्रो लागि निकै चुनौतिको बिषय बनेको छ उहाँले बताउनुभयो ।
    सिमामा खटिएका सशस्त्र प्रहरीको आगमन पछि केही कम भएपनि नियन्त्रण हुन सकेको छैन उहाँले बताउनुभयो ।
    नगरपालिका को राजस्व परामर्श समिति संयोजक को हैसियतले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आयोजना गरेको उपभोक्ता अधिकार तथा व्यापार व्यवसाय नियमनकारी बिषय संग सम्बन्धित यो कार्यक्रम आफ्नो लागि अत्यन्तै प्रभावकारी रहेको र आफू सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको नगर उप प्रमुख रानाले बताउनुभयो ।

    कार्यक्रममा उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझीले नजिकै खुला सिमानाका कारण पुनर्वास का उधोगि व्यवसायी हरू धरासायी हुनु परेको र यस सम्बन्धमा व्यापारी हरूले भोग्दै आउनुपरेको समस्या समाधान का निमित्त स्थानीय सरकार , प्रदेश सरकार एबं संघिय सरकार समक्ष पटकपटक डेलिगेसन साथै ज्ञापनपत्र बुझाई सकिएको उल्लेख गर्नुभयो । खुला सिमा नाकालाई व्यवस्थित गर्न , खुला नाका कै कारण चोरिपैठारि नियन्त्रण , लागुऔषध , मानव बेचबिखन जस्तो विकृति लाई नियन्त्रण गर्न तिनवटै तहका सरकारलाई अनुरोध सहित जानकारी गराएका छौ तर अहिलेसम्म पनि कार्यनव्यन हुन सकेको छैन अध्यक्ष रायमाझीले बताए ।

     

    कार्यक्रममा पुनर्वास उधोग बाणिज्य संघ निवर्तमान अध्यक्ष कृष्णबहादुर तामाङले उत्पादक र उपभोक्ता को हितका लागि आयोजना गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको औंल्याउनुभयो यस्ता कार्यक्रम हरू बेलाबेलामा आयोजना हुनुपर्ने उनलेे जोड दिए ।
    सो अवसरमा पुनर्वास पोल्टिफर्मका अध्यक्ष प्रकाश तामाङले भारतबाट अबैध रूपमा तथा अनियन्त्रित रूपमा भित्रिने बोईलर कुखुराले गर्दा सरकारलाई कर तिरेर व्यवसाय गर्ने कुखुरा व्यापारी हरू मारमा परेको बताए । अवैध रूपमा कुखुरा भित्रिने क्रमले गर्दा अहिले ७५ प्रतिशत कुखुरा व्यापारी हरूले आफ्नो फर्म बन्द गरि पलायन भईसकेको बताए । सोही समस्या ले गर्दा स्वंय आफुले समेत कुखुरा व्यवसाय छोड्नुपरेको बताए ।

    पोल्टिफर्म अध्यक्ष तामाङ का अनुसार खुला सिमा नाकाको फाईदा उठाउदै चोरि तस्करी गरि दैनिक २५/३० कुन्टल बोईलर कुखुरा भित्रिने गरेको छ ।
    तामाङ का अनुसार बोईलर कुखुरा र अखाद्य पेय पदार्थ डिउ गरि दैनिक करिब ११ लाख रूपैया नेपाली पैसा भारत जाने गरेको उनलेे दावि गरे ।
    यसलाई नियन्त्रण गर्ने निकायको रूपमा जनपद प्रहरी र सिमा मा खटिने सशस्त्र प्रहरी ले गस्ती गरेपनि नियन्त्रण हुन नसकेको तथा उनिहरूकै मिलोमतोमा भित्रिने गरेको उनलेे आरोप लगाए ।

    बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी का कार्यालय प्रमुख सुरेश प्रसाद जैसिले कार्यक्रम को सहजिकरण गर्नुभएको थियो । उपभोक्ता अधिकार प्रचलन गराउनका लागि , व्यापार व्यवसाय नियमन का लागि परिवर्तित मुद्दाहरू र निजि क्षेत्र का जिम्माहरू के के छन उहाँहरू लाई जानकारी प्रदान गर्ने तथा निजि क्षेत्र व्यापार सम्बन्ध संघ संस्था हरूले भोग्नुपरेको समस्या का बारेमा कार्यालयले पृष्टपोषण पनि दिने उदेश्य ले कार्यक्रम को आयोजना गरिएको कार्यालय प्रमुख जैशिले जानकारी दिनुभयो ।

    धनगढीमा रहेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले सुदूरपश्चिम को नौवटै जिल्लामा सरोकारवाला बिच यस्तै अन्तरक्रिया कार्यक्रम सञ्चालन गरि कार्यक्रम को प्रभाव बारे अनुगमन समेत गर्ने गरेको जैसिले जानकारी दिनुभयो ।कार्यक्रम को सञ्चालन पुष्पा भाटले गरेकि थिईन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by