Above Article Ad
  • निड्स नेपालद्वारा पुनर्वासमा समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – निड्स नेपाल कंचनपुरले पुनर्वास नगरपालिकामा समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

    शुक्रबार पुनर्वास-६ को वडा सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै कृषि, स्वास्थ्य, आयआर्जन र सीमानाका व्यवस्थापन सम्बन्धि समुदाय स्तरमा गरेका संस्थाको कार्य प्रगती समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

    Article inline ad #1
  • लुथरन ओल्ड रिलिफको आर्थिक तथा प्राबिधिक सहयोग र निड्स नेपाल द्वारा संचालित  कोभिड-१९ बाट प्रभावित समुदायको लागि पुनरोत्थान परियोजना अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको निड्स नेपालका कार्यक्रम संयोजक बिनोद कडाराले बताए ।

    Article inline ad #2

    कार्यक्रम संयोजक कडाराका अनुसार भिमदत्त, पुनर्वास र कृष्णपुर नगरपालिकाका ३ हजार घरधुरीलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

    सोहि परियोजनामा पुनर्वासका ११ वडा मध्ये ५,६ र ९ वडामा कार्यक्रम सञ्चालन भएको छ । भने गौरीफण्टा सीमानाकामा आप्रवासीहरुका लागि ट्रनेल तथा चार कोठे भवन निर्माण गरी हेल्थ डेस्क सञ्चालनमा समेत ल्याएको छ ।

    कार्यक्रममा उपस्थित सहभागीहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गरेका थिए ।
    पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदम रोकायाको सभाध्यक्षमा तथा पुनर्वास-६ का वडाध्यक्ष मित्र सिंह लामाको आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, जनप्रतिनिधि, महिला स्वयंसेविका, कृषि समुहका पदाधिकारी,निड्सका अनुगमन अधिकृत चरन जोशी, कृषि प्राविधिक रामचन्द्र उपाध्याय, स्वास्थ्य प्राविधिक गिता गौतम र पत्रकार सहभागी थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button