पुनर्वासको खुल्ला मञ्चमा धुमधामले मनाईयो हरितालिका तिज
पुनर्वास- महिलाहरुको विशेष चार्ड हरितालिका तिज विशेष कार्यक्रम कंचनपुरको पुनर्वास-६, प्रतिभानगरको खुल्ला मञ्चमा धुमधामका साथ मनाईएको छ ।
प्रतिभानगर बजार व्यवस्थापन समितिको आयोजनामा भएको तीज विशेष कार्यक्रममा विभिन्न सास्कृतिक, खेल प्रतियोगिता आयोजना गरि मंगलबार धुमधामका साथ मनाईएको हो ।
बजार समितिका अध्यक्ष अमित रोकायाको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको बिशिष्ट आतिथ्यमा उप प्रमुख भुलिया राना रहेकी थिईन । त्यस्तै अतिथीमा पुनर्वास-६ का वडाध्यक्ष मित्र सिंह लामा आसिन थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरुले सम्पुर्ण महिलाहरुमा हरितालिका तिजको शुभकामना व्यक्त गर्दै सहभागी हुने अवसर दिनुभएकोमा आयोजक प्रति हार्दिक आभार प्रकट गरेका थिए ।
पुनर्वासकै द फन्की डान्स एण्ड जुम्बा डान्स स्टुडियोको बेजोड नृत्य प्रस्तुती रहेको तीज विशेष कार्यक्रमको स्टेज कार्यक्रम बजार समितिका रुपेश खरेलले गरेका थिए ।