रानाथारु संग्रहालय पुनर्वास नगरपालिकालाई हस्तान्तरण
कञ्चनपुरको पुनर्वास नगरपालिका-१, भकुण्डमा रहेको राना थारू संग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ ।
बिहिबार सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बिभागकाे आर्थिक सहयोगमा निर्माण भएको रानाथारु संग्रहालय पर्यटन बिभागका महानिर्देशक होमप्रसाद लुइँटेलले पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मालाई नगरपालिकाले संरक्षण र उपयोग गर्ने गरी हस्तान्तरण गरिएको हो ।
एक तले ६ ओटा भवन, कम्पाउन्ड सहित आर सि सि स्ट्रक्चर सहितको संग्रहालय भवन ६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रूपैयाँ कर सहितकाे कुल लागतमा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बिभागले निर्माण गरेकाे रानाथारु संग्रहालयका अध्यक्ष विश्राम रानाले जानकारी दिए ।
अत्याधुनिक सुविधा सम्पन्न र परम्परागत शैलीमा निर्माण गरिएका संग्रहालयकाे सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिडिई सचेन्द्र कुमार यादव र नेपाल राना थारु सस्कृती संरक्षण समितिका अध्यक्ष बिश्राम रानाको रहोवरमा पर्यटक बिभागले पुनर्वास नगरपालिकालाई जिम्मा लगाएको थियो। उक्त रानाथारु संग्रहालय हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य पुर्व मनानिय दिवान सिंह बिष्ट, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी प्रसाद उपाध्याय, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, समाजसेवि हरि अधिकारी लगायतको नेता कार्यकर्ता सहभागी थिए।