Above Article Ad
  • कञ्चनपुरको एक होटलबाट लागु औषध खैरो हेरोइन बरामद

    Above Article Content Ad
  • धनगढी: कञ्चनपुरको एक होटेलबाट लागुऔषध बरामद गरिएको छ। भीमदत्त नगरपालिका-६ चम्मन चौराहस्थित रोल्पाली सुकुटी सेन्टर होटेलबाट शुक्रबार २.३१ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको हो।

    दार्चुलाको महाकाली नगरपालिका-४ घर भई चम्मन चौराहमा उक्त होटेल चलाइरहेकी ४२ वर्षकी शान्ती ऐरलाई होटेलमा लागुऔषध पाइएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र लागुऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

    Article inline ad #1
  • यसैगरी, बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २५ वर्षका अम्मर नेपालीलाई ३.३५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १.३२ ग्राम गाँजा जस्तो देखिने पदार्थसहित हिजो नै इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

    Article inline ad #2

    पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइहेको प्रहरीले बताएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6