
पुनर्वासका निवर्तमान मेयर थापा र उपमेयर बिष्टलाई सम्मान सहित बिदाई
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जिवनराज थापा र उपप्रमुख शारदा बिष्टलाई सम्मान सहित बिदाई गरिएको छ ।
सोमबार नगरपालिकाका कर्मचारीहरुले सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा पाँच वर्षे कार्यकाल पुरा गरेका निवर्तमान मेयर थापा र उपमेयर बिष्टलाइ बिदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै निवर्तमान नगर उपप्रमुख बिष्टले सुशासनका लागि गरिएका प्रयासमा कुनै बेला कडा रुपमा प्रस्तुत भयौ होला त्यो राज्यकै लागि हो भन्ने सोचेर अन्यथा नलिईदिन हुन कर्मचारीहरुलाई अनुरोध गरेकी थिईन । उनले ५ वर्षे कार्यकालमा विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गरिन ।
त्यस्तै नगर प्रमुख थापाले कर्मचारीहरुलाई आफ्नो कार्यकाल भित्र गरेको सहजता नवनिर्वाचित भएका जनप्रतिनिधिहरुलाई पनि गर्न अनुरोध गरेका थिए ।
अबको पाँच वर्षे कार्यकालमा कार्यपालिकामा गर्नुपर्ने सहजताका लागि र अन्य नगरका विकास निर्माणका सवालमा आफ्नो सकारात्मक धारण रहन्छ । उनले भने,
थुप्रै चुनौतीलाई सामना गर्दै हामीले बाधा अडचनहरुका बिच सहजता बनाई विकास सुरु गराईसकेको र अब बाकी रहेका अधुरा कामलाई समेत निरन्तरताका साथ नयाँ टिमले अघि लैजानु हुनेछ भन्ने पूर्ण विश्वास राखेको बताए ।
कार्यक्रममा नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीले सम्मानपत्र, मायाको चिनो, अबिर, फुलमाला र खादा ओढाई सम्मान सहित बिदाइ गरे भने, कर्मचारी तथा निर्वाचन अधिकृत किरण जोशी लगायतका उपस्थित व्यक्तिहरुले अबिर, फुलमाला र खादा ओढाई सम्मान सहित बिदाई गरेका थिए ।
नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीको सभाध्यक्षमा भएको कार्यक्रमलाई सञ्चालन नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले गरेका थिए ।