Above Article Ad
  • पुनर्वासमा ब्राउनसुगर सहित पक्राउ परेपछि सुदुरपश्चिममै नयाँ रेकर्ड

    Above Article Content Ad
  • पुनर्वास–लागुऔषधको ओसारपोसार हुने क्षेत्रका रुपमा मानिएको कञ्चनपुरको पुनर्वासबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
    मंगलबार साँझ पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी.बाट लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको सिनियर सब–इन्सपेक्टर केशव जोशी, अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का प्रमुख प्रहरी सहायक निरिक्षक मुकेश सिँह र ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले लागुऔषधको कारोबारी दुई जनालाई पक्राउ गरेका हुन् ।
    पक्राउ पर्नेमा पर्सा घर भई धनगढी उपमहानगरपालिका–५, ठेगाना बताउने वर्ष ३० को अमित कुमार वर्णाकार र बेलौरी नगरपालिका–२, टेडुवाकी वर्ष ४३ की सीता देबी चौधरी रहेका छन् ।

    उनीहरूको साथबाट प्रहरी टोलीले ११८ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक महेश विक्रम शाहीले बताए ।
    सुदूरपश्चिममा लागूऔषधतर्फ नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा छ । यसले सुदुरपश्चिममा नयाँ रेकर्ड बनाएको छ । विशेष सुराकीका आधारमा पक्राउ परेका गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button