पुनर्वासमा पहिलो पटक अलंकार पब्लिक स्कुलद्वारा अभिभावकलाई अभिमुखीकरण
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित अलंकार पब्लिक स्कुलले सफल अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार दिव्य धामको सभाहलमा राष्ट्रिय प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले अढाई सय भन्दा बढि अभिभावकहरुलाई छोराछोरी प्रति अभिभावक र शिक्षकहरुको भुमिका विषयमा केन्द्रित रहि कार्यक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षक ज्ञवालीले बच्चाहरु भनेको फोटोकपी मेसिन जस्तै हुन्, उनीहरुका अगाडी अभिभावकहरुले नराम्रा गतिविधि नगर्न अनुरोध गरेका थिए । उनले बच्चाहरुले सोचेका सपनाहरुमा प्रायः अभिभावकहरु बाधक बन्ने कारणहरु बढि देखिने गरेको र उनीहरुलाई सहि र सँस्कारी बनाउनु शिक्षकको नभई अभिभावकको दायित्व हुने बताए । सुनका गहना बनाउने सुनारको उदाहरण दिँदै प्रशिक्षक ज्ञवालीले गहनाको डिजाईन जसरी खोज्छौ, त्यसरी नै आफ्ना बच्चाहरुको भविष्यको जिम्मेवारी शिक्षकलाई सुम्पिनुपर्ने भनाई व्यक्त गरे ।
त्यस्तै स्कुलका प्रिन्सिपल पुष्पराज ओझाले बिधार्थीहरुको खस्किदो शिक्षालाई मध्यनजर गर्दै अभिभावकलाई आफ्ना बच्चाहरु प्रतिको दायित्व बोध गराउन सो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
स्कुलले प्रशिक्षक ज्ञवालीलाई सम्मान पत्र सहित मायाको चिनो दिई सम्मान गरेको थियो ।
कार्यक्रममा स्कुलका अध्यक्ष चक्र प्रसाद ओझाको सभाध्यक्षमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा सुदुरपश्चिम प्याब्सन सल्लाहकार सदस्य राजेन्द्र प्रसाद अधिकारी, प्याब्सन कंचनपुर जिल्ला सदस्य चन्द्र सिह बोगटी ,दिब्याधामका संस्थापक संरक्षक गोबिन्द्र स्वामी, पुर्व वडा सदस्य अम्मर कामी,दल बहादुर धामी,समाजसेवी श्याम परियार लगायतका व्यक्तित्वहरु अतिथीमा आसिन थिए । उक्त कार्यक्रम पुनर्वास नगरपालिकामा पहिलो कार्यक्रम भएको बिधालयका भाईस प्रिन्सिपल बलबहादुर बिकले जानकारी दिए ।