Above Article Ad
  • दुई बच्चा छाडेर पुनर्वास–७ परासनकी रुपा चौधरी जेठ ११ गतेबाट बेपत्ता, खोजी गरिदिन श्रीमानको आग्रह

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७, परासन बस्ने २६ बर्षिय रुपा चौधरी’ जेठ ११ गतेबाट बेपत्ता भएकी छन ।

    उनी बिहान करिब ९ बजेतिर सोही ठाउँको बिद्यालयमा आफ्ना बच्चाहरुलाई विद्यालय छाडेर घर नफर्किएको श्रीमान महेश चौधरीले जानकारी दिए ।

    Article inline ad #1
  • श्रीमान चौधरीले आफु रोजगारीको सिलसिलामा भारतको बसही बजारको एक हार्डवेयर पसलमा बिहान ७ बजे गएको र साँझ ९ बजे घर पुग्दा आमाको खोजीमा दुई बच्चाहरु घरमा रुँदै गरेको अवस्थामा भेटेको सुनाए ।

    Article inline ad #2

    रुपाको जुम्ल्याहा दुई बच्चा समेत रहेका छन् । पहिला पनि कहिले काँही सामान्य विवाद हुँदा माइतीमा बस्ने गरेकी उनी यसपटक बेपत्ता भएको दुई हप्ता सम्म पनि सम्पर्कमा नआएको श्रीमान महेश चौधरीले बताए ।

    अहिले प्रहरी मार्फत खोजतलास गर्दा समेत उनको केही अत्तोपत्तो नलागेको रुपाका श्रीमान चौधरीको भनाई छ ।

    बेपत्ता रहेकी श्रीमतीलाई कहाँकतै देख्नुहुने महानुभावहरुले तलको सम्पर्क नम्बर वा नजिकको प्रहरी चौकीमा खबर गरि सहयोग गरिदिनहुन श्रीमान चौधरीले आग्रह गरेका छन् । सम्पर्क नं– ९८१५६२४४११, ९८२१६७७७२८

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by