Above Article Ad
  • फागुन ४ देखि डोटी प्रादेशिक महोत्सव

    Above Article Content Ad
  • डोटी – कोभिड–१९ को जोखिमका कारण दुई वर्षदेखि हुन नसकेको प्रादेशिक महोत्सव डोटी चेम्बर अफ कर्मको आयोजनामा फागुन ४ गतेदेखि १४ गतेसम्म दिपायलमा लाग्ने भएको छ ।
    ‘सेतीको हीरा, खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सोमवार दिपायलमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
    दिपायलको मठ क्षेत्रमा हुन लागेको महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय,स्थानीय तथा नव प्रतिभा कलाकारहरूको बेजोड प्रस्तुति रहने डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र साउँदले बताए ।
    महोत्सवको उद्घाटन उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गर्नु हुने डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउँदले बताए ।
    स्थानीय उत्पादन र कृर्षि उपजलाई प्राथमिकतामा राख्दै मेलामा उद्योग, व्यापार, कृषि, पढाई मेला, स्थानीय परीकार र पर्यटनलाई जोड दिएको उनले बताए ।
    महोत्सव अवधिभर ¥याप्टीङ , प्याराग्लाइडिङ उडान गरीने अध्यक्ष साउँदले जानकारी बताए ।४० लाख अनुमानित खर्च गरी स्थानीय र विभिन्न किसिमका ५० वटा स्टल राखिने अध्यक्ष साउँदले बताए ।
    महोत्सवमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आगलागी, हावाहुरी, भिडभाड, खेलकुद हुँदा दुर्घटना हुने सम्भावित जोखिमलाई मध्यनजर गरेर यस पटक बिमा गरिएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउँदले बताए ।
    प्रवेश शुल्क १००, जसमा विद्यार्थीहरूका लागि ७० र सिजनल पासका लागि सात सय तोकिएको छ ।
    ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा कृर्षि प्रदर्शनी, रमाइलो मेला, स्थानीय झाँकी लगायतका प्रस्तुति रहने चेम्बरका महासचिव केसर कठयताले बताए ।
    महोत्सव स्थललाई वाई फाई फ्री जोन बनाउन लागिएको सचिव तेज डुम्रेलले बताए ।
    महोत्सवले स्थानीय कला संस्कृति र व्यापार व्यवसायको परिवर्द्धन गर्ने आयोजकले जनाएको छ ।
    डोटी चेम्बरले महोत्सवको तयारी तीव्र पारेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button