
पुनर्वास-४ का वडाध्यक्ष जैसीले जनश्रमदानबाट गरे सडक मर्मत
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचचित वडाध्यक्ष मनोज जैसीले (सापकोटा) जनश्रमदानबाट सडक मर्मत गरेका छन् ।
घिमिरे चोक देखि दुर्गा मावि जाने बाटोको ठाउँ-ठाउँमा खाल्डाखुल्डी पुर्न र ग्राभेल सम्याउन बुधबार वडाका जनप्रतिनिधि र जनश्रमदानबाट स्थानीयले वडा भित्रको करिब ३ सय मिटर कच्ची सडक मर्मत सम्भार गरेका हुन् ।
वडामा बजेट नभएपछि नगरपालिकाबाट भुक्तानी गराउने गरि तिन टिप्पर दाउत निर्माण सेवाबाट सडकमा ग्राभेल खसालिएको वडाध्यक्ष जैसीले बताए ।
आफ्नो सडक आफै बनाउन आवश्यक छ भन्ने सोच स्थानीयमा स्थापित गर्न जनश्रमदान मार्फत सडक निर्माण थालिएको उनको भनाई छ ।
वडाध्यक्ष जैसीले श्रमदान मार्फत सडक मर्मत गरेपछि यतिबेला जनजनमा उत्कृष्ट कार्य गरेको भन्दै उनको चर्चा निकै चलेको छ ।