Above Article Ad
  • बेलौरी प्रहरीद्वारा खैरो हिरोईन सहित एक जना पक्राउ

    Above Article Content Ad
  • हरिलाल जोशी

    बेलौरी- कञ्चनपुरको ईलाका प्रहरी कार्यालय बेलौरी प्रहरीले खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ ।

    Article inline ad #1
  • आईतबार दिउँसो दुई बजेतिर भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा बेलौरी नगरपालिका-१०, शिवनगरबाट सोही ठाउँका ३८ वर्षीय बलराम चौधरीलाई खैरो हिरोईन सहित प्रहरीले पक्राउ गरेको हो ।

    Article inline ad #2

    प्रहरी नायव निरीक्षक महेश राम महरको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट आउँदै गरेका चौधरीलाई शंकाको आधारमा चेकजाँच गर्दा पाईन्टको खल्तीबाट दुई पोकामा १२.११ ग्राम खैरो हिरोईन फेला परेको बेलौरीका प्रहरी निरीक्षक दान सिंह भण्डारीले जानकारी दिए ।

    चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button