Above Article Ad
  • अज्ञात समूहद्वारा पुनर्वासको जीवन ज्योति माविमा चोरी

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुर को पुनर्वास नगरपालिका- ६, स्थित श्री जीवन ज्योति माविमा अज्ञात समूहद्वारा चोरी भएको छ ।
    सोमबार राति बिद्यालय हाताभित्र पसि कार्यालयको ताला तोडी , डेल कम्पनीको एक थान ल्यापटब चोरी हुन गएको बिद्यालयका प्रधानाध्यापक भरत कुमार बस्नेतले जानकारी दिए ।
    केही बर्ष अघि पनि बिद्यालयमा चोरी भएको प्रधानाध्यापक बस्नेतले बताए ।
    घना बस्ती देखि टाढा रहेको बिद्यालयमा पटकपटक चोरीका घटना बढ्न थालेपछि संरक्षणका लागि बिद्यालय कम्पाउण्डमा तार जाली जडानका लागि बजेट उपलब्ध गराईदिनहुन वडा कार्यालय तथा नगरपालिका मा लिखित माग गरिसकिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजयराज हमालले बताए ।

    बिद्यालयमा चोरी भएको घटनाको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजयराज हमाल , वडा अध्यक्ष मित्र सिंह लामा पत्रकार लगायतले अवलोकन गरेका थिए भने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले घटना बारे मुचुल्का उठाईसकेको छ ।

    Article inline ad #1
  • पटक-पटक दोहोरीएको चोरीका घटनालाई रोक्नका लागि विद्यालयहरुमा सिसिटिभी क्यामेरा जडान गर्न सके संरक्षण हुनसक्ने स्थानीयको भनाई छ ।

    Article inline ad #2

    बारम्बार चोरी हुनु र पत्ता नलाग्नुले प्रशासनलाई चुनौती मात्रै हैन, यस्ता गतिविधि रोक्न कुनै उपाय नखोज्नु विद्यालय र स्थानीय सरकारको ठूलो कमजोरी रहेको स्थानीयको बुझाई छ । यसमा स्थानीय सरकारको समयमै ध्यान केन्द्रित भई यस्ता घटनाको समाधान होस स्थानीयको जोडदार माग छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by