
पुनर्वासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदुरपश्चिमद्वारा गहुँ खरिद केन्द्र स्थापना
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदुरपश्चिमद्वारा गहँु खरिद केन्द्र स्थापना गरिएको छ ।
पुनर्वास नगरपालिका–६ मा अवस्थित किसान जागरण सहकारीमा बुधबार देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदुरपश्चिमद्वारा गहुँ खरिद केन्द्र स्थापना गरिएको हो ।
नेपाल सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मुल्य तीन हजार आठ सय सतसट्ठी रुपैँया अड्तिस पैसामा कारोबार गर्ने गरी गहुँ खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदुरपश्चिमका प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।
प्रमुख थापाले पुनर्वास मात्रै नभई देशभरकै प्रत्येक पालिकाहरुसँग एमओयु गरेरे खरिद तथा बिक्रि कक्ष स्थापना गर्ने र त्यसै क्रममा पुनर्वास नगरपालिकासँग पनि एमओयु गरिसकेको बताउनुभयो ।
“नेपाल सरकारले जारी गरेका ऐन नियम अनुसार विभिन्न विपदलाई केन्द्रित गरी कम्तीमा ३ महिनालाई सञ्चित गर्नुपर्ने कानुनी प्रबन्ध छ । त्यै अनुरुप एमओयु गरेर यसवर्ष काम गर्ने अर्को वर्ष छाड्ने भन्ने चाही हैन ।” प्रमुख थापाले भन्नुभयो, “यो चाहि हाम्रो निरन्तर खाद्य अधिकारको सुरक्षा र कार्यान्वयनको निम्ति मिलेर गर्ने काम हो ।”
ईन्डियाबाट धान भन्दा गहुँ अलि कम भित्रिने भएकोले बजारको मुल्य बढि छ । तर हाम्रो मुल्य धानमा बढि भएपनि गहुँमा भने अलि कम भएको उहाँको भनाई छ ।
पुनर्वास धान र गहुँ खेतीका लागि पकेट क्षेत्रका रुपमा मानिएकाले पनि हामीले खरिद केन्द्र स्थापना गरेको र सुदुरपश्चिमका २५ पालिकासँग एमओयु गरिसकेको र अन्य पालिकामा पनि सुरुवात गर्ने योजना रहेको बताउनुभयो ।