Above Article Ad
  • पुनर्वासमा बिधुत मिटरमा बदमासी गरेको भन्दै कार्यकक्षमै कुटिए फ्युज प्रमुख जोशी

    Above Article Content Ad
  • पुनर्वास- महिनौं देखि मिटरको रकम लिई विद्युत मिटर उपलब्ध नगराई बदमासी गरेको भन्दै पुनर्वास फ्युज केन्द्रका प्रमुख चित्रदेव जोशी कार्यकक्षमै कुटिएका छन् ।

    आईतबार फ्युज प्रमुख जोशीले पुनर्वास-५ का दलबहादुर बोगटीलाई पुनर्वास-११ का नरबहादुर साउदको नाममा निकासा भएको विद्युत मिटर दिन खोजेपछि उनी कार्यालयमै कुटिएका हुन् ।

    Article inline ad #1
  • फ्युज प्रमुख जोशी ४/५ महिना देखि न फोन उठाउने, न कार्यालयमा भेट हुने भएपछि आईतबार बिहानै देखि भेट गर्न कार्यालय अगाडी पर्खाईमा बसेको सेवाग्राही ईन्द्र बोगटीले बताए ।

    Article inline ad #2

    उनले नियम भन्दा बढि रकम लिई आफु जस्ता ९/१० जनालाई महिनौ देखि दु:ख दिदै आएको गुनासो गरे ।

    त्यस्तै अर्का सेवाग्राही रमेश रानाले मिटरका लागि निवेदनसंगै ५ हजार रकम दिएको ७/८ महिना बितिसक्दा पनि भोली, पर्सी भन्दै बारम्बार हैरानी दिदै आएको बताए । आफुजस्ता धेरै व्यक्तिबाट कम्तीमा ५ हजार सम्म रकम लिई प्रमुख जोशीले परेसानी दिदै आएको उनको भनाई छ ।

    पुनर्वास फ्युज प्रमुखको जिम्मेवारी पाएका जोशीले कहिल्यै फोन समेत नउठाउने त कहिले फोन नै स्विच अफ गरेर राख्ने गरेको सेवाग्राहीका गुनासाहरु बढि छन् ।

    कुटपिट पछि ईलाका कार्यालय त्रिभुवनबस्तीको परिसरमा विद्युत मिटर उपलब्ध गराउने सहमती पछि विवाद साम्य भएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button