Above Article Ad
  • कैलालीमा सवारी गति मापन गर्न “लिडार स्पिड” को प्रयोग सुरु

    Above Article Content Ad
  • धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारीको गति मापन गरिसवारीसाधनको गति नियन्त्रण गर्नका लागि आज बाट लिडार स्पिड गनको प्रयोग गरेको छ ।

    सवारी साधन तिब्र गतिमा चलाउदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको हो ।

    Article inline ad #1
  • Article inline ad #2

    कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक, अवस्था तथा प्रकृतिलाई बिश्लेशण गर्दा तिब्र गतिका कारण दुर्घटना भई घाईते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाईएकोले सिमा पार गरी सवारी चलाउदा हुन सक्ने ठुलो दुर्घटना तथा धनजनको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न आवश्यक देखिएकोले मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा लिडार स्पिड गनको प्रयोग गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।

    त्यसैगरि गति सिमा सम्बन्धमा बजार क्षेत्रमा तथा व्यस्त सडकमा दुई पाङग्रे सवारी साधनले २० कि।मि प्रति घण्टा भन्दा बढी गतिमा चलाउन नपाउने ,चार पाङग्रे सवारी साधनको हकमा ३० कि.मि. प्रति घण्टा गतिमा मात्र चलाउन पाउने र ६ लेन सडक खण्ड तथा राजमार्ग सडक खण्डमा अधिकतम ४०-६० कि.मि.प्रति घण्टा चलाउन पाउने नियम लागु गरिएको छ ।

    साथै प्रहरी निरीक्षक सिंह ले जिल्ला ट्राफिक प्रहरी को कमान्ड सम्हाले यता जिल्ला मा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा उल्लेख सुधार भएको तथा ट्राफिक व्यवस्थापन मा ब्रेथलाईजर , ह्वीलक ,लिडार स्पिड गन जस्ता यान्त्रिक उपकरण हरु को प्रयोग भएको पाईएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by