Above Article Ad
  • पानी जहाजमा जागिर दिने आश्वासनमा २ सय युवाको चार करोड स्वाहा

    Above Article Content Ad
  • धनगढी: कैलाली र बर्दियाका २ युवा ठगिएका छन्।

    एक गिरोहले उनीहरूलाई पानी जहाजमा जागिर लगाई दिने भन्दै ठगेको हो।

    Article inline ad #1
  • कैलाली र बर्दियाका झन्डै २ सय जना युवाहरुहरूको झन्डै चार करोड रुपैयाँ स्वाहा भएको छ। बर्दिया राजापुर नगरपालिका– ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी ठगीमा सङ्गलन रहेका छन्। उनीहरूले युवाहरूलाई सम्पर्कमा ल्याउन गाउँ–गाउँमा प्रतिनिधिसमेत पठाएका छन्। पीडितहरूले दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन।

    Article inline ad #2

    गिरोहले युवाहरूलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाई दिने आश्वासन दिएका थिए। यसै क्रममा युवाहरूलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकाडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो। डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिईएको थियो। पहिलो चरणको तालिम पश्चात् युवाहरूलाई घर पठाईएको थियो। उनीहरूलाई २०८१ दशैं अघि दोस्रो चरणको दुई महिने थप तालिम दिईएको थियो।

    घर फर्किन नसकेका नौ जनाले समेत अहिलेसम्म जागिर पाउन नसकेको पीडित मध्येका जानकी गाउँपालिका– १ तोरैयापुरका अनुराग थारुले बताए। गिरोहले युवाहरुलाई मासिक करिब डेढ लाख आम्दानी हुने आश्वासन दिएका थिए। राम्रो कमाई हुने देखिएपछि युवाहरू गिरोहको चंगुलमा फसेका हुन। उनीहरू मध्ये कतिपयले स्वदेशमै गरिरहेको सानोतिनो जागिर समेत छोडेर गएका थिए।

    जागिर पाउने प्रलोभनमा परेर युवाहरूले विभिन्न वित्तीय संस्था र सहकारीबाट ऋण लगेर गिरोहलाई बुझाएका थिए। अहिले युवाहरूलाई ऋणको सावा ब्याज तिर्न निकै कठिनाइ भैरहेक जानकी गाउँपालिका–८ भगरैयाका विष्णु चौधरीले बताए। पीडितहरूले इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया र इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजेका थिए। प्रहरीले उजुरी लिन मानेन। उनीहरू इलाका प्रशासन कार्यालय, टीकापुर पुगे। इलाका प्रहरीले पनि श्रम विभागमा जान सुझाव दिएपछि पीडित तनावमा छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6