
सुत्केरीको हत्यारा सार्वजनिकसंगै मालाखेतीका डिएसपी चन्द सहितको अनुसन्धान टिम पुरस्कृत हुने
Above Article Content Ad
अतरिया – कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टिम पुरस्कृत हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नर सिंह राणाले उक्त हत्याको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी रण बहादुर चन्दको टिमलाई पुरस्कृत गरिने बताएका हुन् ।
Article inline ad #1
प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको थियो ।
Article inline ad #2
हत्या आरोपी नाथलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।डिएसपी चन्दको कमान्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















