Above Article Ad
  • लालझाडीका नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई शपथ ग्रहण

    Above Article Content Ad
  • लालझाडी- कंचनपुरको लालझाडी गाउँपालिकामा कार्यपालिकाको निर्वाचनको नतिजा पछि सदस्यहरुलाई शपथ ग्रहण गराएको छ ।

    सोमबार लालझाडी गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नव निर्वाचित ६ जना कार्यपालिकाका सदस्यहरुलाई गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बधाईसंगै शपथ ग्रहण गराएका हुन् ।

    Article inline ad #1
  • निर्वाचित कार्यपालिका सदस्यहरुमा बसमती राना, दिलमाया चौधरी, पशुपति देवि बिक, बिन्दु देवि तिरुवा, गिता देवि कोली र दुर्गा देवि कामी रहेको निर्वाचन अधिकृतको कार्यालय लालझाडीले जनाएको छ ।

    Article inline ad #2

    कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष सपना चौधरी रानाले पालिकाको सम्पुर्ण जिम्मेवारी हामीमा थपिएकाले यस क्षेत्रको विकासमा हामी सबै मिलेर सहज तरिकाले लाग्नुपर्ने बताईन ।

    त्यस्तै गाउँपालिकाका अध्यक्ष रानाले पालिकाको विकासका लागि सबैलाई समावेशी ढंगबाट लैजाने बताए ।

    अध्यक्ष रानाले कुनैलाई भेदभाव गर्ने छैनौं , जनप्रतिनिधि र कर्मचारीको सल्लाह बमोजिम योजना तयार गर्नेछौ, कुनै डर र त्रासमा नरहेर निर्धक्क जनताको सेवामा काम गर्ने मन्तव्यका क्रममा जानकारी दिए ।

    उनले निर्वाचनलाई विवाद रहित सु सम्पन्न गर्नमा सहयोग गर्नुहुने, निर्वाचन अधिकृत ,कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पुर्ण जिम्मेवार व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे ।

    निर्वाचन अधिकृत चेतराज पन्तको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रमको अतिथीमा गाउँपलालिका अध्यक्ष निर्मल राना र उपाध्यक्ष सपना चौधरी राना रहेकी थिईन । भने कार्यक्रमको सञ्चालन लेखापाल रामबहादुर रानाले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by