Above Article Ad
  • पुर्वीचौकी गाउँपालिका कार्यपालिकाको दोस्रो निर्णय निवर्तमान सरकारका अनियमितताबारे छानबिन गर्ने

    Above Article Content Ad
  • दिपायल- स्थानीय तहको निर्वाचन पछि नवनिर्वाचित जनप्रतिनिधिहरुले लोकप्रिय र चर्चा पाउने खालका निर्णयहरु सार्वजनिक गर्ने होडबाजी नै चलेको छ । डोटीका ९ वटै पालिका मेयर÷अध्यक्षहरुले पदभार ग्रहण गर्दा आ– आफ्नो पहिलो निर्णय गरिसकेका छन् ।

    जिल्लाको पूर्वीचौकी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले भने अन्य पालिका भन्दा फरक निर्णय गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको दोस्रो बैठकबाट निवर्तमान स्थानीय सरकारका पालामा भएका आर्थिक अनियमितता बारे छानबिन गर्न समिति गठन गरिएको छ ।

    Article inline ad #1
  • निवर्तमान गाउँपालिका सरकार रहँदा विवादमा आएका योजना, आर्थिक अनियमितताको आरोप लागेका योजना तथा व्यक्ति र जनप्रतिनिधिका विषयमा छानबिन गर्न योजना अधिकृत सदस्य सचिव रहने गरेर नवनिर्वाचित वडाध्यक्ष बल बहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले अनियमितताको आरोप वा सत्यता बाहिर ल्याएर जनतालाई प्रष्ट जानकारी गराउने नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । जनतालाई सूचनाको हकको प्रत्याभुति दिन गाउँपालिकाको वइवसाइटलाई सुधार गर्दै सबै सार्वजनिक सूचना सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन समेत दिइएको छ ।

    Article inline ad #2

    २०७४ को निर्वाचन पछि नेकपा एमालेले नेतृत्व गरेको सो गाउँपालिकामा अहिको निर्वाचन पछि कांग्रेसले नेतृत्व सम्हालेको छ । वैशाख ३० गतेको निर्वाचनमा सो गाउँपालिकामा कांग्रेसले क्लीन स्वीप गरेको हो ।

    योसँगै गाउँपालिकाको बैठकबाट अपाङ्ग, जेष्ठ नागरिकलाई गाउँपालिकाले सञ्चालन गरेको बसमा गाडी भाडा निःशुल्क गर्ने निर्णय गरेको छ । साथै, सुत्केरी महिलालाई जिल्ला र जिल्लाबाहिर कैलाली सम्म जनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

    यसअघि पदभार ग्रहण गर्दा गाउँपालिका अध्यक्षले असहाय, निमुखा गरीब जनतालाई गासबास र कपासको व्यवस्था गर्ने निर्णय गर्नु भएको थियो ।

    नवनिर्वाचित जनप्रतिनिधिहरुले बैठकबाट आर्थिक शुसासन कायम राख्दै गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने लिखित निर्णय नै गर्नु भएको छ । बैठकले वडा नम्बर २ का वडाध्यक्ष योगेन्द्र ठकुल्लालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button