Above Article Ad
  • पुनर्वासमा विद्यार्थी भर्ना अभियान सुरु, पालिकाका सात बिद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

    Above Article Content Ad
  • पुनर्वास : नयाँ शैक्षिक सत्र– २०८१ का लागी आइतबार देखी देशभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । यसै क्रममा कञ्चनपुरको पुनर्वासमा पनी एक कार्यक्रमका बिच विद्यार्थी भर्ना अभियान सुरु गरीएको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारासाथ पुनर्वासमा विद्यार्थी भर्ना अभियान सुरु गरीएको शिक्षा शाखा पुनर्वासका प्रमुख शिबराज भट्टले जानकारी दिनुभयो ।
    यस्तै कार्यक्रमा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सम्पुर्ण बालबालिकालाई शिक्षाको पहुचमा ल्याउन आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । आफुले शिक्षा क्षेत्रमा लामो समय योगदान दिएको बताउदै पहिले र अहिलेको पठनपाठन शैली नै परिवर्तीत भएको र बालमैत्रि बिद्यालय निर्माण गर्ने आफ्नो उद्देश्य भएको बताउनुभयो । पछिल्लो समय पुनर्वास भित्रका सामुदायीक विद्यालयहरुमा पनी अंग्रेजी माध्यम बाट पढाइ भइरहेकाले ढुक्क संग आफ्ना बच्चालाई सामुदायीक विद्यालयमा भर्ना गर्न उहाँले आग्रह गर्नुभयो ।
    पुनर्वास नगरपालिकाले विद्यार्थी भर्ना अभियानको अवसर पारेर हाल सम्म एउटा पनि कम्प्युटर नभएको सात वटा सामुदायिक विद्यालयहरुलाई एक सेट डेस्कटप कम्प्युटर र प्रिन्टर हस्तान्तरण समेत गरेको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । यो संगै पुनर्वास नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुमा कम्प्युटरको व्यवस्थापन भएको र बिद्यालयको प्रशासनिक कामकाजमा सहयोग पुग्ने उहाँले बताउनुभयो । पालिकाले नयाँ शैक्षिक सत्रबाट सबै सामुदायिक विद्यालयहरुमा ई हाजिरी जडानको पनि तयारी गरीरहेको जनाएको छ ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अभियानको पहिलो साता विद्यार्थी भर्ना र दोस्रो साता देखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलो लगायत कार्यक्रम सञ्चालन हुनेछन् । अभियानमा नियमित बाहेकका विद्यालय जाने उमेर समूह भएका बालबालिकालाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य रहेको छ ।

     

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button