
डोटी भुकम्प : सामाजिक अभियान्ता जोशीद्वारा मृतक परिवारलाई ६० हजार सहयोग (फोटो सहित)
डोटी – डोटीमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भुकम्पका कारण डोटीको पुर्वीचौकी गाउँपालिका-३, गौरा गाउँमा मृत्यु भएका ६ जनाको परिवारलाई सामाजिक अभियान्ता भक्तराज जोशीले आर्थिक सहयोग दिएका छन् ।
बुधबार बिहानै पुर्वीचौकीको गैरा गाउँ पुग्नुभएका सामाजिक अभियान्ता जोशीले भुकम्पबाट
मृतक सीता बोहरा,भगवती बोहरा, हर्क बोहरा, तुलसी बोहरा,प्रेम बोहरा र धनसरी बोहराको परिवारलाई जनही १० हजारका दरले किरिया खर्चका लागि ६० हजार सहयोग दिएका हुन् ।
सामाजिक अभियान्ता जोशी सोहि पुर्वीचौकी गाउँपालिका-३, गैरा गाउँका स्थानीय पनि हुन् । उहाँले पुर्वीचौकी मात्रै हैन यस्ता विपदका समयमा समस्यामा परेका सबै क्षेत्रमा सक्दो सहयोग गर्दै आईरहेका छन् ।
मंगलबार राती ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्युट र बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युटको भुकम्पले मानवीय क्षति मात्रै नभइ भौतिक र पशुहरुमा समेत ठुलो क्षति पुगेको सामाजिक अभियान्ता जोशीबाट बुझिएको छ ।