Above Article Ad
  • पुनर्वासका नव निर्वाचित मेयर शर्माको पहिलो निर्णय सुकुम्बासी समस्या समाधान र शव वाहनको व्यवस्था

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्माले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मदन बहादुर धामीबाट शपथ खाएसंगै पदभार सम्हालेका छन् ।

    मंगलबार नगर प्रमुख शर्माले पदभार सम्हाल्दै सुकुम्बासी समस्या समाधान र नगरमा शव वाहनको व्यवस्थालाई प्राथमिकता दिदै पहिलो निर्णय गरेका हुन् ।

    Article inline ad #1
  • निर्णयको पहिलो बुदामा पुनर्वास नगरपालिका भित्र रहेका भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यस्थित वसोवासीको समस्या समाधान गर्न बाकी रहेका सम्पूर्ण काम कारवाही यसै आर्थिक वर्षमा अगाडी बढाई समाधान गर्ने त्यस्तै दोस्रो बुदामा पुनर्वास नगरपालिकामा हालसम्म एक पनि शव वाहन नभएकाले यथासक्य शव वाहनको व्यवस्था मिलाई सञ्चालन गरिने उल्लेख गरिएको छ ।

    Article inline ad #2

    नगर प्रमुख शर्माले पदभार ग्रहण पछि सभाहलमा नगरपालिका अन्तर्गतका कर्मचारीहरुले परिचयात्मक तथा शुभकामना कार्यक्रम गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    5
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button