Above Article Ad
  • पुनर्वासमा मोटरसाईकलको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    मंगलबार बिहान साँढे आठ बजेतिर पुनर्वास–६ प्रतिभानगर बजारबाट भारततर्फ जाँदै गरेको यु.पी.३१ के. ८१३० नम्बरको भारतीय मोटरसाईकलको ठक्करबाट स्थानिय दुई वर्षिय बालकको मृत्यु भएको हो ।

    Article inline ad #1
  • ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेशराज मल्लका अनुसार मोटरसाईकलको ठक्करबाट घाईते भएका दुई वर्षिय मनिष राना मगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
    ठक्कर दिने भारतीय मोटरसाईकल सोहि वडाका १७ वर्षिय मनिष सुनुवारले चलाएका थिए भने पछाडी सवार सोही उमेर समुहका लक्ष्मण सुनुवार रहेको र मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक मल्लले बताए ।

    Article inline ad #2

    मृतक बालक पुनर्वास–६ निवासी केशब राना मगरको कान्छो छोरा हुन् ।
    त्यस्तै आईतबार मात्रै सोहि क्षेत्रमा मोटरसाईकलकै ठक्करबाट एक वृद्ध घाईते भएका थिए । घाईते वृद्धको धनगढी स्थित अस्पतालमा उपचार भईरहे पनि अवस्था चिन्ताजनक रहेको प्रहरीबाट बुझिएको छ ।
    पुनर्वासमा दैनिकै सवारी दुर्घटना बढ्दै जानु ओभर स्पिड र नगर भित्र प्रहरीको नियमित सवारी चेकजाँच नहुनु दुर्घटनाको मुख्य कारण रहेको स्थानियहरुको भनाई छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    3

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button