Above Article Ad
  • पुनर्वासमा पत्रकार सम्मेलन मार्फत गठबन्धनका मेयर र उपमेयरको चुनावी घोषणा सार्वजनिक

    Above Article Content Ad
  • पुनर्बास , बैशाख २४ । कञ्चनपुरकाे पुनर्वासमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले आफ्नाे चुनावी घाेषणा पत्र सार्वजनिक गरेकोे छ ।

    शनिवार पत्रकार सम्मेलन गर्दै गठबन्धनका मेयर पदका उम्मेदवार जिवनराज थापा र उपमेयर पदका उम्मेदवार धोखे रानाले आफ्ना नयाँ १९ बुँदे नगर विकासका योजना सहितको घाेषणा पत्र सार्वजनिक गरेकाे हाे ।

    Article inline ad #1
  • नगर प्रमुख पदका उम्मेदवार थापाले यस अघि एक कार्यकाल पुरा गरिसकेका छन् । पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुरा गर्दै आफुले ५ वर्षे कार्यकालमा नगरमा थुप्रै विकास निर्माणका काम गरेको दाबी गरेका छन् ।

    Article inline ad #2

    स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै नगर भित्रका सबै स्वास्थ्य संस्थाकाे स्तराेन्नती, सर्पदँश उपचार कक्षकाे स्थापना , सामुदायिक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम ल्याईने घाेषणा पत्रमा उल्लेख छ ।

    कृषी क्षेत्रमा किसानलाई प्राेत्साहन गर्न विद्युतिय सिँचाईका लागि माेटर निशुल्क प्राबिधिक तालिम तथा बिउबिजन उपलब्ध गराईने, उत्कृष्ट किसानलाई पुरस्कृत गरिने गठबन्धकाे घाेषणा पत्रमा समेटिएको छ ।

    नगर भित्र रहेकाे प्यारातालालाई पर्यटकिय गन्तब्यकाे रुपमा स्थापना गर्ने, धार्मिक क्षेत्रकाे प्रबर्धनका साथै सुधारका लागि बजेट बिनियाेजन गरिने , डुबान क्षेत्रमा तटबन्धन गरी उचित बासस्थानकाे ब्यवस्थापन गर्ने घाेषणा पत्रमा उल्लेख छ ।

    त्यस्तै अघिल्लो निर्वाचनमा संविधानकाे अनुसुची ८ मा लेखिएको अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न स्थानीय तहले सक्नेछ भन्ने कुरा उल्लेख भएबमोजिम जनता माझ एकवर्षमा सुकुम्बासीलाई पुर्जा वितरण गर्ने एजेन्डा बनाएको मेयर पदका उम्मेदवार थापाले जानकारी दिए ।  “निर्वाचित पछिको पहिलो निर्णय नै आफुले सुकुम्बासीलाई पुर्जा वितरण गर्ने गरेको छु ।” उनले भने, “तर संघिय सरकारले आयोग गठन नगरेर जमिनको काम गर्न नपाईने भनेका कारण स्थानीय तहले यो समस्या समाधान गर्न सकेन ।”

    पुर्जा हातमा दिन नसकेपनि नगर भरीका सुकुम्बासीको डाटा ईन्ट्री र अस्थायी निस्सा वितरणसंगै नापजाँच गर्ने यन्त्र समेत खरिद गरिसकेको उनले बताए ।

    उनले सम्मेलन मार्फत आफुलाई कार्य अनुभव राम्रो  भएको र निर्वाचित भए पुनर्वासको विकास निर्वाचित पछि तत्कालै सुरु हुने तर अरु निर्वाचित भए अधुरा काम गर्न कम्तिमा दुई वर्ष ढिलाई हुने तर्क दिए  ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6