Above Article Ad
  • जसपाबाट मेयरका प्रत्यासी रहेका तारा गिरीको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

    Above Article Content Ad
  •  पुनर्वास, बैशाख २२ । जनता समाजवादी पार्टीबाट कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा मेयर पदका प्रत्यासी उमेदवार रहेका तारा गिरीले बिहिवार पत्रकार सम्मेलन गरी आफ्नाे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
    मतदाता सामु ल्याएका आफ्ना बिभिन्न याेजना र एजेन्डा सहित मतदाताहरुका घरदैलोमा पुग्ने गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन .
    चुनावी प्रचार प्रसारमा लागेका गिरीले आफु सँग ब्यबहारिक याेजना रहेकाले जनताले आफुलाई बिश्वास गरेर भाेट दिने बताउछन । नेपाल भारत सिमा ब्यबस्थापन गरिने, प्यारा ताललाई पर्यटकिय गन्तब्यकाे रूपमा बिकास गर्ने, नगर भित्रका सम्पुर्ण बाटाे पक्की बनाउने, सुकुम्बासीलाई यथाशिघ्र लालपुर्जा उपलब्ध गराउने, सम्पुर्ण वडामा स्वच्छ पिउने पानीकाे ब्यवस्था गर्ने आफ्नाे मूख्य याेजना रहेकाे उनी बताउछन ।
    त्यसैगरी विद्यालय सुधार, निशुल्क स्वास्थ्य बिमा, अति बिपन्न परिवारलाई बार्षिक १० हजार भत्ता, फाेहाेर ब्यबस्थापन, किसानका लागि कृषि औजार, बिउबिजन सुपथ मुल्यमा उपलब्ध गराउने , प्रत्यक वडामा रहेका क्लबलाई खेलकुद सामाग्री बितरण तथा उत्कृष्ट खेलाडीलाई पुरुस्कारकाे ब्यवस्था गर्ने उनकाे प्रतिबद्धता पत्रमा उल्लेख छ ।
    बर्षेनी डुबानमा पर्ने पुनर्वासका सिम्रि राताे ताल लगायत अन्य क्षेत्रका बासिन्दाकाे उचित ब्यवस्थापन गर्ने, किसानलाई प्राेत्साहन गराउन बेमाैसमी तरकारी बालिका लागि निशुल्क बिउ, औषधी तथा तालिमकाे ब्यवस्था मिलाउने जस्ता प्रतिबद्धता रहेकाे तारा गिरी बताउछन । उप प्रमुखका लागि भागिरथी राना उमेदवार रहेका छन । छाता चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई तारा गिरी आह्वान गरेका छन ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by