Above Article Ad
  • भोली कञ्चनपुरको बेलौरी आउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष “प्रचण्ड ”

    Above Article Content Ad
  • हरिलाल जोशी
    बेलौरी – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल“प्रचण्ड” सुदुरपश्चिम आउने कार्यक्रम तय भएको छ ।

    अध्यक्ष दहाल विभिन्न जिल्लामा हुने गठबन्धन चुनावी आम सभालाई सम्बोधन गर्न आईतबार (साँझ) सुदुरपश्चिमको अस्थायी राजधानी धनगढी आउन थालेको हुन् ।

    Article inline ad #1
  • सुदुरपश्चिम प्रदेश कमिटिका सदस्य दिपक तिमिल्सेनाका अनुसार अध्यक्ष दहाल सोमबार बिहान साँढे आठ बजे कैलारी गाउँपालिकाको आम सभालाई सम्बोधन गरी कालिकोट र डोटी जिल्लाका आम सभालाई सम्बोधन गर्दै त्यसपछि कैलालीको धनगढी र दिउँसो ३ बजे कञ्चनपुरको बेलौरीमा चुनावी सम्बोधन गर्न पुग्ने जानकारी दिए ।

    Article inline ad #2

    उनले डोकेबजार देखि बेलौरीको खुल्ला मञ्च सम्म अध्यक्ष दहाललाई करिब २५ सय मोटरसाईकल सहितको ¥यालीले स्वागत गर्दै सभा स्थल सम्म ल्याउने कार्यक्रम समेत रहेको बताए ।चुनावी सभा सम्बोधन पश्चात अध्यक्ष दहाल साँझ नै बेलौरीबाट फर्किने कार्यक्रम तय भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button