
युवा व्यवसायी दाउत तामाङद्वारा पुनर्वास नगरपालिकालाई कम्प्युटर ल
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका-२, अरनीको बस्ती निवासी युवा व्यवसायी दाउत तामाङले पुनर्वास नगरपालिकाको पुनर्निर्माणमा सहयोग गरेका छन्।
बिहिबार युवा व्यवसायी तामाङले नगरपालिकाको कार्य सञ्चालनमा सहज बनाउन ४ थान कम्प्युटर, २ थान दराज, २ थान टेबल र २ थान प्रिन्टर सहितका कार्यालय सामग्रीहरु हस्तान्तरण गरेका हुन्।
नगरप्रमुख, उपप्रमुखलाई सामग्री हस्तान्तरण गर्दै युवा व्यवसायी तामाङले भदौ २४ गते जेनजी युवाहरूको नाममा अराजक युवाहरूले नगरपालिकामाथि गरेको आक्रमणले निकै दुःखी भएको बताए ।

यस विषम परिस्थितिमा हाम्रो सानो-सानो सहयोगबाट भएपनि नगरपालिकालाई सुरुवात गराउनतर्फ सबैले जुट्नुपर्ने उनको भनाइ छ।
हरेकका दुःखमा सहयोग गर्न पुग्ने युवा व्यवसायी तामाङले नगरपालिकाको पुननिर्माण अभियानमा गरेको सहयोग प्रति जनप्रतिनिधि र कर्मचारीहरूले धन्यवाद व्यक्त गरेको थिए।
उनी जस्तै थुप्रै युवा तथा संघसंस्थाहरूले नगरपालिकाको पुननिर्माणका लागि सहयोग गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेको देख्न सकिन्छ ।
















https://shorturl.fm/KhOxH