Above Article Ad
  • सुदूरपश्चिमको धनगढीमा काइट एजुकेसन हबको उद्घाटन

    Above Article Content Ad
  • धनगढी : काठमाडौंमा १२ वर्षदेखि सफलता पूर्वक सञ्चालनमा रहेको काइट एजुकेसन हबले अब आफ्नो सेवा सुदूरपश्चिममा पनि विस्तार गर्दै धनगढीमा मुख्य कार्यालय स्थापना गरेको छ।

    काइट एजुकेसन हबबाट अब जापानी र कोरिय, अमेरिका, बेलायत र युरोपेली देशहरुमा जान सकिने छ। संञ्चालक साउदले काइट एजुकेसनमा भाषा कक्षा, साथै पिटिई,आएल्सजस्ता अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षाहरू सञ्चालन गरिनेछ र अहिले केहि महिला भाषाको तयारी कक्षामा ५० देखि ७५ प्रतिशत छुटको ब्यवस्था गरिएको जानकारी दिए उनले काइट एजुकेसनमा अध्यापन गर्ने प्रशिक्षकहरूमा कोरिया लगायत विभिन्न देशमा बसेर अनुभव हासिल गरेका व्यक्तिको बताए।

    Article inline ad #1
  • साउदका अनुसार, धनगढी कार्यालयमार्फत अब सुदूरपश्चिमका विद्यार्थीहरूलाई राजधानी जानु नपरी स्थानीय स्तरमै उच्चस्तरको शैक्षिक सेवा प्राप्त हुने व्यवस्था मिलाइएको छ। उद्घाटन समारोहमा फिल्मी निर्देशक तथा डाइरेक्टर नवल नेपाल, नेपाल चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामी, लेखक तथा कलाकार हर्क साउद, जेडी एसोसियट्सका संयोजक दिनेश भण्डारी लगायत विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो। काइट एजुकेसन हबको यो पहलले सुदूरपश्चिममा विदेशी भाषा तथा अध्ययन तयारीमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6