पुनर्वासका सिद्धराज ओझाले दिए सशस्त्र प्रहरीलाई पाँच कट्टा जग्गा दान
पुनर्वास–त्रिपालमुनिको अस्थायी टहरा बनाई जनताको सेवामा अहोरात्र सीमामा खटिने सशस्त्र प्रहरीको बिओपी निर्माणका लागि एक दाताले जग्गा दान दिएका छन् ।
लामो समयदेखि त्रिपालमुनि बसी जनताको सेवा दिईरहेका सशस्त्र प्रहरीको पीडालाई मध्यनजर गर्दै कञ्चनपरको पुनर्वास नगरपालिका–८ निवासी सिद्धराज ओझाले जमिन दान गरेका हुन् ।
उहाँले सरकारी मुल्य १२ लाख ५३ हजार बराबरको १९४३ कित्ता नम्बरको पाँच कट्टा जमिन सशस्त्र प्रहरीको नाममा आवास निर्माणका लागि दान गरेका हुन् । सरकारले सुरक्षा निकाय जस्तो निकायलाई व्यवस्थित गर्न नसकेको देख्दा आश्चर्य लागेपछि आफुले जमिनदान गरेको उहाँको भनाई छ । मनकारी ओझाले पुनर्वास–८ स्थित बागिश्वरी माध्यमिक बिधालयका विपन्न,दुखी र जेहन्दार बिधार्थीहरुका लागि ४५ हजारको अक्षयकोष निर्माण गरेका छन् ।
जमिन नभएर कार्यालय स्थापना नभएका सरकारी निकायका लागि पनि जमिन अझै दान गर्न आफु तयार रहको उहाँले जानकारी दिनुभयो । वि.सं. २०२८ सालदेखि बसोबास गर्दै आउनुभएका मनकारी ओझा परिवार निरन्तर धार्मिक तथा सामाजिक कार्यमा अग्रसर परिवारका रुपमा चिनिन्छन् ।
मनकारी दाता ओझाका तीन छोरा छन् । जेठो नेपाल प्रहरीमा कार्यरत,माईलो अध्ययनका क्रममा जापानमा र कान्छो ज्योतिष,शास्त्रियसँगै हिन्दुत्वको अभियानकर्ताको रुपमा नेपालमै छन् । त्यस्तै, जमिन प्राप्तिका लागि कंकड बिओपीका ईन्चार्ज सई करन सिँह धामीले गरेको मनकारी ओझासँगको प्रयास सफलतामा पुगेको छ ।