Above Article Ad
  • पत्रकार सम्मेलन गर्दै मेयरका उम्मेदवार शर्माले गरे चुनावी घोषणा पत्र सार्वजनिक

    Above Article Content Ad
  • कञ्चनपुर : नेपाली काँग्रेसका तर्फबाट पुनर्वास नगरपालिकाको मेयर पदका उम्मेदवार तोय प्रसाद शर्माले आफ्ना चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

    सोमवार पुनर्वासको न्यू सम्राट रेष्टुरेण्टको हलमा आयोजित पत्रकार सम्मेलनमा “कृषि तथा पशुपक्षी व्यवसायको प्रमुख आधार शिक्षा प्रविधि स्वरोजगार स्वस्थ पुनर्वास आर्थिक उन्नतिको बलियो आधार” भन्ने मूल नाराका साथ ३४ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

    Article inline ad #1
  • सार्वजनिक गरेको घोषणा पत्रमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकहरूलाई सर्वसुलभ र सहज रुपमा सामाजिक सुरक्षा भत्ता टोल टोलमा वितरण गर्ने व्यवस्था देखि सुकुम्बासीहरुलाई भोग चलनका आधारमा निःशुल्क लालपुर्जा वितरण गरिने सम्मका प्रतिबद्धता उल्लेख गरेका थिए ।

    Article inline ad #2

    यस्तै पुनर्वास नगरपालिका ११ स्थित नेपाल भारत नाका डोकेबजारलाई व्यवस्थित सुन्दर सहज सुविधा सम्पन्न गरी नाकाका रुपमा विकास गरी नगरको आर्थिक स्तर उकास्न प्रयत्न गरिने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । स्थानीय निकाय लाई मिडिया मैत्री बनाएर पुनर्वास नगरपालिकाका हरेक विकास निर्माणका योजना तथा गतिविधिहरूलाई पारदर्शी बनाउँदै सुशासित नगरपालिका बनाउन आवश्यक नीति कार्यक्रम तथा योजना तर्जुमा गरिने ,पुनर्वास नगरपालिकाका कृषकहरूको कृषि बाली तरकारी भण्डारण गर्न अत्यावश्यक शीत गृह “कोल्ड स्टोर” को स्थापना गरिने जनाएको छ ।

    त्यसैगरी हात्ती आतङ्क र वन्यजन्तुको आतङ्क नियन्त्रणका लागि पहल गरिने, दोँदा नदीको बाढी नियन्त्रणको पहल गरिन, प्रत्येक वडाहरुमा ३ फेज लाइन र १०० केभिका ट्रान्सफर्मर जडान गरिने लगायतका प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

    गत निर्वाचनमा पनि नगरप्रमुख पदमा उम्मेदवारी दिएका शर्मा केही मतले मात्रै पछि परेका थिए । तर यस पटक भने आफ्नो जित सुनिश्चित रहेको पत्रकार सम्मेलनमै उनले दाबी गरेका छन् ।

                                हेर्नुस घोषणा पत्र !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by