Above Article Ad
  • पुनर्वास प्याब्सन फेस्टिभल सम्पन्न, खेललाई प्राथमिकता दिन नगरप्रमुख शर्माकाे आग्रह

    Above Article Content Ad
  • पुनर्वास । दाेश्राे नगरस्तरिय एवम दशाैँ पुनर्वास फेस्टिभल कार्यक्रम आज समापन भएकाे छ । माघ ४ गते देखि सञ्चालन भएकाे प्याब्सन फेस्टिबल साेमवार सम्पन्न भएको हाे ।
    कार्यक्रममा बाेल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख ताेय प्रसाद शर्माले शैक्षिक गुणस्तर सँगसँगै खेलकुदलाई पनि प्राथमिकता दिनु पर्नेमा जाेड दिनु भयाे । खेलकुदले मानिसलाई स्वास्थ रहन मद्दत गर्नुकाे साथै खेलबाटै राष्ट्रलाई विश्व सामु चिनाउन सकिने बताउनु भयाे । खेलकुद क्षेत्रकाे विकासमा निजि विद्यालयकाे ठुलाे याेदान रहेकाे बताउदै नगरपालिका बाट अझ शसक्त र ब्यवस्थित बनाउन अाफ्नाे पहल रहने नगर प्रमुख ताेय प्रसाद शर्माले बताउनु भयाे ।

    बिशिष्ट अतिथिको अाशन बाट बाेल्दै निवर्तमान नगरप्रमुख जीवन राज थापाले मानिसिक तथा शारीरिक रुपमा स्वस्थ्य रहन खेलकुदले निकै सहयाेग पुग्ने बताउनु भयाे । बालबालिका हरुलाई खेलकुद तर्फ अाकर्षण गर्न प्याब्सनकाे यस्ता कार्यक्रमले सहयाेग ठुलाे पुगेकाे भन्दै अायाेजक पुनर्वास प्याब्सन प्रति धन्यवाद प्रकट गर्नु भयाे । शैक्षिक क्षेत्रकाे विकासका साथ साथै खेलकुदकाे विकास हुन पनि जरुरी रहेकाे उहाँले बताउनु भयाे ।
    प्याब्सन फेस्टिबलमा २२ अाेटा विद्यालय सहभागि रहेका थिए । विभिन्न खेलकुदमा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीलाई प्रमाण पत्र सहित मेडल प्रदान गरिएकाे छ । कार्यक्रममा अतिथिहरुलाई मायाकाे चिनाे समेत प्रदान गरिएको थियाे । प्याब्सन पुनर्वासका सचिव पुष्पराज अाेझा र खेलकुद संयाेजक हेम बहादुर थापाले संयुक्तरूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button