
घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवार जेठाराले गरे एक बिरामी वृद्ध महिलालाई निःशुल्क उपचार
Above Article Content Ad
हरिलाल जोशी
पुनर्वास–बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचननका लागि गठबन्धन दलबाट पुनर्वास–५ को वडाध्यक्षमा उम्मेदवारी दिएका धर्मेन्द्र जेठाराले एक वृद्ध महिलाको निःशुल्क उपचार गरेका छन् ।
आईतबार आफ्नै वडाको चुनावी घरदैलो कार्यक्रममा मतदाताहरुलाई मत माग्दै गर्दा सोहि वडाकी पौडेल थरकी एक वृद्ध महिला बिरामी अवस्थामा घरमा एक्लै भेटेपछि जेठाराले निःशुल्क उपचारका लागि अस्पताल पु¥याएका हुन् ।
Article inline ad #1
उनलाई पुनर्वास पालिक्लिनिक अस्पतालमा उपचार गरी घर ल्याईएको छ ।
बिरामी वृद्ध महिला लामो समयदेखि दम रोगले ग्रसित र मौषमी ज्वरोका कारण घरभित्र थला परेकी थिईन । उम्मेदवार जेठाराले भने, वृद्ध आमालाई सेवा गर्न पाउनु नै मेरा लागि सौभाग्य हो ।
Article inline ad #2
कुनै स्वार्थले उम्मेदवारी दिएको होईन, वडाको समग्र विकास र वडावासीका समस्या समाधानका लागि मेरो उम्मेदवारी रहेको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
1
+1
+1
1
+1
Below Article Content Ad