
सृजनशिल सहकारीको १६ औं ईकाईगत साधारणसभा सम्पन्न
पुनर्वास – सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड शाखा पुनर्वासको १६ औं ईकाईगत साधारण सभा सम्पन्न भएको छ ।
बुधबार पुनर्वास नगरपालिका-४ स्थित विराज फेमिली रेस्टुरेन्टको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच १६ औं ईकाईगत साधारण सभा सम्पन्न भएको हो ।
सहकारीका सञ्चालक चेतराज भट्टको सभापतित्व तथा पुनर्वास नगरपालिका-४ का वडाध्यक्ष मनोज जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अतिथीमा मेरो माईक्रोफाईनान्स लघुवित्त पुनर्वासका प्रमुख शम्भु भट्ट थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष जैशीले सहकारीको प्रगती हुनुमा बचत कर्ता कै भुमिका बढी हुने बताए ।
उनले केही सहकारीका कारण अहिले सहकारी प्रतिको विश्वासनियता घट्दो देखिएको बताए ।
कार्यक्रममा असल ऋणी सदस्य बन्दना बि.क. र असल बचत कर्ता रामबहादुर तामाङलाई मायाको चिनो र प्रशंसापत्रले सम्मानित गरेको थियो ।
बचतकर्ताको उल्लेख्य सहभागीता रहेको कार्यक्रमलाई सृजनशिल पुनर्वासका प्रमुख अनिल भट्टले संचालन गरेका थिए ।